२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित

२०७६, ८ कार्तिक शुक्रबार १३:२८

कात्तिक ८, चितवन | चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् । 

गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा गत असारदेखि भने नियमित आउने विद्यार्थीको सङ्ख्या बढेको हो । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले बताउनुभयो ।उहाँलाई मध्यान्तरमा शिक्षकहरुले खाजा खाँदा बालबालिका भने झ्यालबाट टुलुटुलु हेरेको दृश्य दुःखलाग्दो क्षण बन्थ्यो तर शिक्षकहरुले दैनिक बालबालिकालाई खाजा खुवाउन सक्ने स्थिति पनि थिएन ।

दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने तर दिनभर खाजा खान नपाउँदा चेपाङ बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा विद्यार्थी नियमित हुन सकेका थिएनन् । प्रधानाध्यापक पाण्डेलाई विद्यार्थीलाई कसरी नियमित गराउने भन्नेमा चिन्ताले सताउँथ्यो । उहाँले विद्यालयको दयनीय अवस्थाबारे सँगै क्याम्पस पढेका साथी कृष्ण ठकुरीलाई बताउनुभयो ।

भरतपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत  प्रहरी नायब निरीक्षक ठकुरीले विद्यालयको अवस्थाबारे अनुगमन गरेपछि चिनजान भएको नारायणगढस्थित लायन्स क्लब अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेलाई त्यस विषयमा जानकारी गराउनुभयो । त्यसपछि सहयोग जुट्ने क्रम शुरु भयो ।

अध्यक्ष चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई एक वर्षका लागि खाजाको व्यवस्था गर्ने चाँजोपाँजो मिलाइयो । गत असारदेखि खाजाको व्यवस्था गरिएकाले बालबालिका नियमित विद्यालय आउन थाले । खाजा कार्यक्रम घोषणासँगै उनीहरुले शैक्षिक सामग्री पनि उपलब्ध गराएका थिए ।यस शैक्षिकसत्रमा विद्यालयमा १२० बालबालिका भर्ना भएका छन् । घरदेखि विद्यालयको दूरी टाढा हुनु र गरीबीका कारण चेपाङ बालबालिका नियमित विद्यालय आउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले बताउनुभयो ।

 यहाँका चेपाङ समुदायलाई बिहान–बेलुका छाक टार्नै मुस्किल भएकाले  खाजाको व्यवस्था गर्न नसक्दा बालबालिका विद्यालयमा नियमित हुन नसकेको उहाँको भनाइ थियो ।  चितवनको एक मात्र उक्त गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट भएकाले यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टिकाउनै मुस्किल पथ्र्यो । सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थी स्कूल जान पनि छाडेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा