२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीकि पूजाले ८ वर्षपछि मुद्दा जितिन्

२०७६, ११ कार्तिक सोमबार ०८:४०

विनोद सिंह विष्ट | कात्तिक ११, बैतडी (रासस) | विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् ।  एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् ।  

पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् । चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए । उनीहरु दुबैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।  सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन् – “न्याय पाउँछु भन्ने आश मरिसकेको थियो । ढिलै भए पनि न्याय पाएँ ।” 

गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन । उनले भनिन् – “गुमेको होश काठमाडौँमा उपचारपछि आयो । जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।”

जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी लागेको पूजा बताउँछिन् ।  उनले भनिन् – “न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुप¥यो ।” 

छ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए । पूजाका बुवा रामसिंहले भने – “छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो । आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।” 

घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले जीवनदेखि हार खाएन । लड्दै गए । सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुप¥यो । काठमाडौँमा छ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको दुःखेसो छ । “मलाई उक्त संस्थाले पढाइ र बासको व्यवस्था गरेको थियो,” उनले भनिन् – “पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखिदियो ।”

पूजा अहिले कानून विषयको स्नातक चौथो वर्षमा पढिरहेकी छन् । गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टल बस्दैआएकी छन् । 

कलेज पढ्दा खेरि सात महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन् – “कलेजमा पनि सबै कुरा भन्नुपथ्र्यो म यस्तो समस्याबाट यहाँसम्म पुगेँ भनेर ।” दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएकी लीला डांगीले आफूलाई सहयोग गर्दै आएका उनले बताइन् ।  

पूजा अझै पनि समाजमा घुलमिल हुन सकेकी छैनन् ।  समाजले आफूमाथि अझै पनि गलत दृष्टिले हेर्न गरेको उनले सुनाइन् र भनिन् – “घरबाहिर निस्कन समेत गा¥हो हुने गरेको छ । दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनःस्थापनाको ग्यारेण्टी हुनुपर्छ ।”

बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्ने र गाउँ समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन नसकिने उनको अनुभव छ । अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन् – “न्याय दिने कुरा त छिटो गर्नुपर्छ । न्यायमा राजनीति हुनुहुँदैन ।”

काठमाडौँस्थित चक्रवर्ती कानून कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत पूजाको न्यायालयमा जागीर खाने उद्देश्य छ ।

विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई  लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो ।  बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।  

घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायो । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो । 

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । बैतडी जिल्ला अदालतमा भट्ट र अवस्थीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । 

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो । त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टियो । 

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार किनारा लाग्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ