२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई महिनामा चार गैंडा मरे

१४ कार्तिक २०७६, बिहीबार ०५:३९

कात्तिक १४, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन् ।

निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उहाँले जानकारी दिनु भयो ।

यस अघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सवै गैंडा कालगतीले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै