2026-07-09 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने

कात्तिक १५, बैतडी | आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो । 

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौंडी नगरपालिका–४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन् । पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडामा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।  

यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । पालिका प्रतिनिधिको उम्मेदवारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ । कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मङ्सिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने  कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उपनिर्वाचनका लागि यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो