2026-07-03 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सर्वसाधारणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता

2019-11-06

चिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | खोटाङमा सर्वसाधरणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अन्य समय र चाडवाडमा सर्वसाधरणले ज्यान जोखिममा राखेर कोचाकोच गरी सामान बोक्ने ट्याक्टरमा यात्रा गर्नु परिरहेको हो । यस कारण दुर्घट्नाको संम्भावना बढेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकाको ६ वडा र भोजपुरको आमचोक गाउँपालिकाको दुई वडाका सर्वसाधरणहरु अन्य केही विकल्प नहुंदा ट्याक्टरमा यात्रा गर्न बाध्य छन् । जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट दूधकोशी नदिको बंसिलाघाट २३ किलोमिटर र चिसापानी–मौवाबोटे हुंदै २९ किलोमिटर साघुंरो कच्ची सडकमा बाध्यताले ट्याक्टरमा यात्रा गर्नुपरेको एक स्थानीयले जानकारी दिए । 


चिसापानीबाट बंशिलाघाट रुटमा बस तथा साना जीपहरु सञ्चालन नहुंदा पाँच सय भाडा तिरेर सर्वसाधरण तराई झर्ने गर्छन् । सो भेगमा चल्ने १६ वटा बुलेरो भए पनि सवै विग्रिएर नचलेका कारण गाउँसम्म ट्याक्टर रिर्जभ गरेर अन्यत्र जानुपर्ने बाध्यता छ । ट्याक्टरमा यात्रा गर्दा बिरामी, बालबालिका, बृद्धबृद्धा, अशक्त, सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ । सिमित ट्याक्टर भएकाले यात्रुको चाप अत्याधिक बढ्ने गरेको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको सो भेगमा कच्ची सडकहरु भए पनि गाडीहरु चल्दैनन् । 

कतिपय विधालयहरुमा खानेपानीको अभाव छ । राम्रो स्वास्थ्य चौकी, सवैमा विजुली वत्ती र सवैको पहुंच पूग्नेगरी टेलिफोन समेत राम्रो छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक