Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

उपनिर्वाचन २०७६ः दाङमा १४ जनाको उम्मेदवारी दर्ता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २१, दाङ&nbsp;। </b>आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३&nbsp; (ख) मा&nbsp; प्रदेशसभा सदस्यका लागि आज १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।</p><p>मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १२&nbsp; दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गर्नेमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली काङ्ग्रेसबाट&nbsp; केशव आचार्य, राष्ट्रिय&nbsp; जनमुिक्त पार्टीबाट&nbsp; धनराज&nbsp; सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार,&nbsp; राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा(माले)बाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी र&nbsp; राप्रपाबाट भूपाल रावत हुनुहुन्छ ।&nbsp;</p><p>त्यस्तै&nbsp; काङ्ग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट सोनुबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी र&nbsp; समाजवादी पार्टीबाट शिवकुमार चौधरी तथा स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्यले&nbsp; उम्मेदवारी दर्ता गराउनुभएको&nbsp; छ ।</p>