2026-08-24 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाक्सिला बजारको स्तरोन्नती

चिसाङ शेर्पा | कार्तिक २४ खोटाङ | जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा करिब ३० बर्ष पहेले देखि बाँसको टेका र चित्राले टहरा बनाएर चलिरहेको बाक्सिलाबजारलाई ट्रष्ट निर्माण गरेर नयाँ रुपमा स्तरोन्नती गरिएको हो ।

प्रदेश सरकारको १ करोड बजेटभित्र डिपिआरको बजेट कटाएर ८६ लाख ९ हजार २६६ मा निर्माण गरिएको ट्रष्टको शुक्रबार प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका छन् । २०७५ चैत्रबाट निर्माण उपभोक्ता समिति निर्माण गरेर निर्माण गरिएको ट्रष्टको काम गत साउनमा सकिएको निर्माण समितिका अध्यक्ष शिवकुमार राईले जानकारी दिए । १ वटा बधशाला सहित बजारमा १७ वटा फलामे ट्रष्ट निर्माण गरिएको छ । यसअघि यहाँ १ सय ३६ वटा टहरा थिए । 

गाउँपालिकाको सवै वडा र छिमेकी नगरपालिका-गाउँपालिकाबाट समेत व्यापार-व्यावसाय गर्न आउने सर्वसाधरणलाई सुविधा दिनलाई ट्रष्ट निर्माण गरेर सहज बनाईएको हो । फलामे ट्रष्ट निर्माण गरेर व्यवस्थित बजार भएपछि बाक्सिलाबजारको मुहार फेरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । यो विकासको राम्रो संकेत हो, हामी यसरी नै प्रदेश, संघीय र स्थानीय सरकारको सहकार्यमा गाउँपालिका संमृद्ध बनाउन युद्धस्तरमा अघि बढेका छौ । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राईले यस भेगको विकास गर्नमा जनताले दिएको जनादेश इमान्दारीपूर्वक प्रदेशसभा र सरकारसमक्ष निर्वाह गर्नमा आफू जोडदार लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते