पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कार्तिक २४, काठमाडौँ |</b> ६० हजार घुस बार्गेनिङ गर्ने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ | जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् |<br></p><p>अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई ६० हजार घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो । </p><p>अख्तियारका अनुसार ६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको हो |</p>

