2026-10-22 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण

कात्तिक २४, चितवन | जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो । 

चितवनको तीनवटा स्थानमा नेपाल–भारत स्तम्भहरु क्रमशः ४४, ४५ र ४६ नम्बर पर्छ । माडीको दक्षिणी क्षेत्रमा पर्ने चुरे पर्वतमा ४५ नम्बरको स्तम्भ रहेको दशगजा क्षेत्रमा ऐतिहासिक पर्यटकीय क्षेत्र सोमेश्वरगढी रहेको छ । 

यस क्षेत्रमा नेपाली भूमि भारतले अतिक्रमण गर्न थालेपछि पानी ढलको सिद्धान्तअनुसार सीमा निर्धारण गरिएको स्थानीय हरि भुसालले बताउनुभयो । 

भारतले यहाँ रहेको सोमेश्वर मन्दिरमा पूजा गर्न आउने निहुँमा पटक–पटक सीमा स्तम्भ सार्ने प्रयास गर्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाली भूमि अतिक्रमणको आशङ्का गर्दै माडीका स्थानीयवासीहरुले अहिले यस क्षेत्रमा चहलपहल बढाएका छन् । 

राष्ट्रियता र धार्मिक पर्यटनको महत्व बोकेको यस ठाउँ नेपालको १०० पर्यटकीय गन्तव्य मध्येको एक हो । बडा दशैँ र चैते दशैँको समयमा विशेष धार्मिक महत्व रहेको सोमेश्वर कालिकामा नेपाल र भारतका लाखौँ भक्तजनहरु जाने गर्दछन् । 

प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार सुरक्षा समितिले सीमा निरीक्षणको काम निरन्तर गरिरहेको जानकारी दिनुभयो । आइतबार अवलोकन पश्चात बस्नेतले स्तम्भ क्षेत्र वरपर दुवै देशबीच कुनै पनि विवाद नभएको प्रतिक्रिया दिनुयभो । उहाँले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुवै देशका प्रतिनिधिले पटकपटक बैठक बस्ने गरेको र एकै साथ सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गर्ने गरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ