Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु, ९ जना बिरामी

By साझासवाल 2 मिनेट पढाइ

मंसिर ४, काठमाडौं । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् ।

शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए ।

मासु खाएपछि बान्ता हुने, झाडापाखालालगायतका लक्षण देखिएको बताइएको छ । शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो  ।

मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी परेका छन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।