2026-09-12 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सुनिलस्मृति गाउँपालिका वडा नं. ५ ले विद्यालयमा बसाइ व्यवस्थापनलाई अगाडि बढाउदै

मङ्सिर ७, रोल्पा | सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रा रोल्पाले वडा भित्रका सामुदायिक विद्यालयहरुमा बसाइ व्यवस्थापनका लागि कार्पेट टेवुल वितरणर गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त सामाग्रि हस्तान्तरण गरिएको थियो । 

बालविकास देखि कक्षा ३ सम्मका सवै विद्यालयहरुमा विद्यार्थीहरुलाई पढ्न सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाएका हौँ वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो म विद्यालय पुग्दा विद्यालयका विद्यार्थीहरु पढ्नलाई अप्ठेरो भएको महसुस मैले गरे त्यसैले यो कार्यक्रमलाई अगाडि ल्याएको हुँ, अन्तक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले वडा भित्रबाट गर्न सकिने कार्यक्रमलाई म जतिवेला पनि गर्न आतुर र तयार भएको यसका लागि तपाइहरुले मलाई सकारात्मक सल्लाह सुझाव दिनुपर्छ म वडा भित्र रहदा म तपाइहरुको अध्यक्ष हुँ वडा बाहिर हुँदा तपाइहरु मेरो गुरु भएको हुँदा मलाई तपाइहरुको सल्लाह सुझावको दिनुपर्ने हुन्छ । यो वडा कसरी माथि पुर्उयाने भन्ने तपाइ बुद्धिजिविहरुको हात हुन्छ त्यसैले म दिनरात तपाइहरुसँगै छु वडाले गर्न सक्ने वडा बाट हुन्छ वडाको क्षमता भन्दा माथिका कुरा गाउँपालिका, प्रदेश सरकार संघिय सरकार सम्म आफ्नो कुरा पु¥याउने र वडाका लागि निरन्तर लागि रहने अध्यक्ष थापाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भन्नुभयो विकासको मेरुदन्ड भनेकै शिक्षा भएको हुँदा हामि शिक्षालाई कसरी माथि उठाउने भन्ने बारे लागि रहेको छौँ । जस्तै आज यस वडाले गरेको कामको सवैले प्रशंसा गर्नुपर्ने काम गरेको छ यस्तै कामहरु अव अन्य वडाहरुमा पनि गरिने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तीले भन्नुभयो हामि सवै विद्यालयका निजि शिक्षकहरुलाई तलव खुवाउने व्यवस्था गरिसकेका छौ, त्यो अलि अपुग भएको हामिलाई महसुस भएको छ । त्यसैले शिक्षा समितिलाई सवै तथ्याङ्क सहित पेश गर्न निर्देशन गरेको छु । हामिले भनेका छौँ विद्यालय सञ्चालन गर्न सर्वसाधरण बाट पैसा उठाएर चलाउन नपर्ने बातावण बनाउदै छौ त्यस्तै सवै विद्यालयहरुमा इ हाजिरीको व्यवस्था, माध्यामिक विद्यालयहरुमा सिसि क्यामेराको व्यवस्था कक्षा ३ सम्म बसाइ व्यवस्थापनको लागि हामि अगाडि बढेका छौ । विद्यार्थीको चाप भएका विद्यालयहरुमा शिक्षकहरुको माग समेत गरेको अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी, नेपाल कम्यूनिष्ट पार्टी सुनिलस्मृतका गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, जिल्ला सदस्य रत्न महरा, वडा नं. ५ का अध्यक्ष विजय थापाको सामुदायि विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन