2026-06-28 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिरुमनपाको अग्रता कायमै,टिम प्रथमको संम्भावना प्रबल

2019-11-24

चिसाङ शेर्पा | मंसिर ८, खोटाङ | मोरङमा भइरहेको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अग्रताको यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण ३ रजत र ४ कास्य पदक ल्याएर अग्रता बढाएका हुन् ।

बेलबारी डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा जुनियर पुरुष एकलकातामा सुर्यचन्द्र राई, सिनियर पुरुष एकलकातामा मोतिचन्द्र राई, रुरिहाङ दुमि र महिला सिनियर एकलकातामा रोश्मा राईले स्वर्ण पदक जितेकी छन् । पुरुष कुमितेको ३५ केजी तौलमा हिमाल राई र ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष तथा टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए ।

जुनियर पुरुष एकलकातामा संयोग भुजेल, ३० केजी तौल पुरुष कुमितेमा सचिन मगर र ३० केजी महिला कुमितेमा स्तुति राईले रजत पदक जितिन् । यस्तै, महिला जुनियर एकलकाता सोना राई, समिता राई, पुरुष एकलकाता सिनियरमा अर्जुन श्रेष्ठ र ३० केजी तौल पुरुष कुुमितेमा संयोग भुजेलले कास्य पदक जितेका छन् ।

दुई दिवसीय प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार १ लाख, दोश्रो टिमले ७५ हजार र तेश्रो टिमले ५० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सुरुवाती खेलबाटै अग्रता कायम राखेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोश्रो दिनमा पनि राम्रो नतिजा ल्याइरहेको छ । नतिजा बढेसँगै टिम प्रथम हुने संम्भावना बढेर गएको बुझिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी