2026-10-27 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् |

स्थानिय सरकार देखी केन्द्र सरकारले आश्वासन मात्रै दिनेगरेको उनीहरुको भनाई छ | सरकारले जेष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आए पनि समयमा त्यही सामाजिक सुरक्षा भत्ता पनि पाउदैनौ,उनीहरुको गुनासो थियो |

बिहिबार सदरमुकाम गमगढीमा राष्ट्रिय  समावेशी आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका जेष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन | सरकारले ६० वर्ष देखि ६९ वर्षसम्मका जेष्ठ नागरिकलाई मासिक दुई हजार र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक तीन हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि स्थानीय निकायले दशै तिहार बिती सकेपछि मात्र ढिलोगरी उपलब्ध गराएको उनीहरुको गुनासो छ |

“जिल्लामा पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई बस्नको लागी बृद्धस्थान , भजन कृतन, मनोरन्जन र आराम गर्ने ब्याबस्था नभएको हुदा २,३ बर्ष पहिले देखी केन्द्र सरकारसंग पुगेर निबेदन र परियोजना प्रस्तावना पेश गरे पनि आश्वासन दिएको र  कुनै पनि निकाय बाट नभएपछि गत बर्ष मात्र छायानाथ नगरपालिकाले ५ लाख बजेट जेष्ठ नागरिकलाई दिएको हुने खाने बाटो टाठोले निकालेर आएको देखीन्छ |”जेष्ठ नागरिक संघ मुगुका अध्यक्ष गगनबहादुर मल्लले बताए ।

 सरकारले स्वास्थ्य उपचार सेवा, यातायात सेवामा छुट ,पाउने व्यवस्था गरिएको भने पनि सेवा प्रदायक क्षेत्रबाट सेवा पाउन नसकेको अध्यक्ष मल्लले बताए | जेष्ठ नागरिकले चौंमासिक रुपमा पाउदै आएको सामाजिक सुरक्षा रकमले भैपरि आउने समस्या समाधान गर्न नसकिने भएकाले सरकारले भत्ता मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गरि दिनु पर्ने उनिहरुको भनाई छ |

मुगुका जेष्ठ नागरिकका समस्याका विषयमा कर्णाली प्रदेश सरकार,कर्णालीका संसद,संघीय सरकार ,संघीय संसदमा प्रतिनीधीत्व गर्ने संसदसंग छलफल गरि समस्या समाधान गर्न पहल गर्ने राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताईन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने