Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपनिर्वाचन २०७६: काभ्रेको धुलिखेल र पर्साको सखुवाप्रसौनीमा मतदान जारी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १४, बनेपा | धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले मतदान गर्दैछन् । त्यहाँ जम्मा एक हजार ८७७ मतदाता रहेका छन् । वडा नं २  को वडाध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापा उम्मेदवार रहनुभएको छ ।

निर्वाचन शान्तिपूर्णरूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले बताउनुभयो । निर्वाचनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करीब २०० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै बाहिर सुरक्षाका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको सापकोटाले बताउनुभयो ।

वीरगञ्ज–  पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आजदेखि वडास्तरीय मतदान शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानस्थलमा कडा सुरक्षाबीच मतदान भइरहेको जनाइएको छ ।

त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन मतदानस्थल रहेको छ । मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएकाले मतदातालाई मतदानस्थलसम्म आउन सहज भएको छ ।

सो मतदानमा महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँका मतदाता सहभागी रहेका छन् । क, ख, ग गरी तीन मतदान केन्द्र रहेको छ ।