१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

उपनिर्वाचन २०७६: काभ्रेको धुलिखेल र पर्साको सखुवाप्रसौनीमा मतदान जारी

१४ मंसिर २०७६, शनिबार ०४:४४

मङ्सिर १४, बनेपा | धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले मतदान गर्दैछन् । त्यहाँ जम्मा एक हजार ८७७ मतदाता रहेका छन् । वडा नं २  को वडाध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापा उम्मेदवार रहनुभएको छ ।

निर्वाचन शान्तिपूर्णरूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले बताउनुभयो । निर्वाचनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करीब २०० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै बाहिर सुरक्षाका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको सापकोटाले बताउनुभयो ।

वीरगञ्ज–  पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आजदेखि वडास्तरीय मतदान शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानस्थलमा कडा सुरक्षाबीच मतदान भइरहेको जनाइएको छ ।

त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन मतदानस्थल रहेको छ । मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएकाले मतदातालाई मतदानस्थलसम्म आउन सहज भएको छ ।

सो मतदानमा महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँका मतदाता सहभागी रहेका छन् । क, ख, ग गरी तीन मतदान केन्द्र रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण