२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तिनाउको शिखरडाँडामा खानेपानी सुविधा हुने

१८ मंसिर २०७६, बुधबार ०४:५७

मङ्सिर १७, रामपुर । खानेपानीको समस्या रहेको पाल्पा, तिनाउ गाउँपालिकामा लिफ्टिङ्मार्फत खानेपानी सुविधा पु¥याइने भएको छ । वर्षौँदेखि करीब एक घण्टा उकालो ओरालो गरी डोकामा पानी बोकेर जीविकोपार्जन गर्दै आएका त्यस क्षेत्रका नागरिकको समस्यालाई ध्यानमा राखी  आफ्नो तहले खानेपानीको योजना ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा उपभोक्ताको जनश्रमदान गरी करीब रु दुई करोड १६ लाखमा लिफ्टिङ् सिष्टमबाट पानी तानेर गाउँभरि सुविधा दिइने लक्ष्य छ । गाउँपालिका वडा नम्बर ६ का प्रत्येक घरमा एक घर एक धारा उपलब्ध गराइने छ   । अध्यक्ष घर्तीले ,भन्नुभयो, “ प्रत्येक धारामा मिटर जडान गरी नुहाउने तथा धुने गरेर खेर गएको पानीलाई करेसाबारीमा प्रयोग गरी अनिवार्य तरकारी उत्पादनमा समेत जोड दिनुपर्छ । ”

वडाका ८० घरधुरीमा सुविधा हुनेपछि सबै दङ्ग भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रेवन्त रासकोटीले बताउनुभयो । “बिहान उठेर पानी लिन जाँदा समय त्यतै खर्च हुने, गाईवस्तुलाई खुवाउन कपडा धुन, नुहाउन समेत समस्या हुने, सिंचाइको कुरा त परको भो”, रासकोटीले गुनासो गर्नुभयो । उहाँले गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि जनश्रमदान गर्न आफूहरु उत्साहित भएको बताउनुभयो । 

घर नजीकै तरकारी लगाउन मन भएर पनि सिंचाइ असुविधा हुँदा त्यस क्षेत्रका नागरिक समस्यामा छन् ।  अब भने गाउँपालिका तथा प्रदेशले खानेपानी सुविधासँगै सिंचाइको समेत सुविधा पु¥याउने योजना गरेका छन् । बजेट विनियोजन भएर उपभोक्ता समिति गठन भएसँगै समयमै खानेपानी सुविधा पाइन्छ भन्नेमा यस क्षेत्रका नागरिक ढुक्क छन् ।

प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले  खानेपानीको असुविधा रहेको ठाउँमा सिंचाइ तथा खानेपानीको सुविधा गाउँपालिकासँग  प्रदेश सरकारको साझेदारीमा दिन लागिएको बताउनुभयो । गाउँकै सेनाघाटबाट  तानिएको पानी  शिखरडाँडा र भुटुक्डी गाउँका नागरिकलाई दिइनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य