२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तिनाउको शिखरडाँडामा खानेपानी सुविधा हुने

२०७६, १८ मंसिर बुधबार ०४:५७

मङ्सिर १७, रामपुर । खानेपानीको समस्या रहेको पाल्पा, तिनाउ गाउँपालिकामा लिफ्टिङ्मार्फत खानेपानी सुविधा पु¥याइने भएको छ । वर्षौँदेखि करीब एक घण्टा उकालो ओरालो गरी डोकामा पानी बोकेर जीविकोपार्जन गर्दै आएका त्यस क्षेत्रका नागरिकको समस्यालाई ध्यानमा राखी  आफ्नो तहले खानेपानीको योजना ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा उपभोक्ताको जनश्रमदान गरी करीब रु दुई करोड १६ लाखमा लिफ्टिङ् सिष्टमबाट पानी तानेर गाउँभरि सुविधा दिइने लक्ष्य छ । गाउँपालिका वडा नम्बर ६ का प्रत्येक घरमा एक घर एक धारा उपलब्ध गराइने छ   । अध्यक्ष घर्तीले ,भन्नुभयो, “ प्रत्येक धारामा मिटर जडान गरी नुहाउने तथा धुने गरेर खेर गएको पानीलाई करेसाबारीमा प्रयोग गरी अनिवार्य तरकारी उत्पादनमा समेत जोड दिनुपर्छ । ”

वडाका ८० घरधुरीमा सुविधा हुनेपछि सबै दङ्ग भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रेवन्त रासकोटीले बताउनुभयो । “बिहान उठेर पानी लिन जाँदा समय त्यतै खर्च हुने, गाईवस्तुलाई खुवाउन कपडा धुन, नुहाउन समेत समस्या हुने, सिंचाइको कुरा त परको भो”, रासकोटीले गुनासो गर्नुभयो । उहाँले गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि जनश्रमदान गर्न आफूहरु उत्साहित भएको बताउनुभयो । 

घर नजीकै तरकारी लगाउन मन भएर पनि सिंचाइ असुविधा हुँदा त्यस क्षेत्रका नागरिक समस्यामा छन् ।  अब भने गाउँपालिका तथा प्रदेशले खानेपानी सुविधासँगै सिंचाइको समेत सुविधा पु¥याउने योजना गरेका छन् । बजेट विनियोजन भएर उपभोक्ता समिति गठन भएसँगै समयमै खानेपानी सुविधा पाइन्छ भन्नेमा यस क्षेत्रका नागरिक ढुक्क छन् ।

प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले  खानेपानीको असुविधा रहेको ठाउँमा सिंचाइ तथा खानेपानीको सुविधा गाउँपालिकासँग  प्रदेश सरकारको साझेदारीमा दिन लागिएको बताउनुभयो । गाउँकै सेनाघाटबाट  तानिएको पानी  शिखरडाँडा र भुटुक्डी गाउँका नागरिकलाई दिइनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ