मंसिर १८, काठमाडौँ | आज बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा आज रु ८ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार् २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि बढेको छ | मंगलबारको तुलनामा प्रतितोला रु १५ ले बढेर चादीको मुल्य ८ सय ६५ रुपैयाँ कायम रहेको छ |