२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार ११:११

मङ्सिर १८, जलेश्वर । महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १०० पिस, डाइजेपाम इन्जेक्शन २ एमएलको १०० पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९०० पिस बरामद गरेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ