2026-08-24 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नाटकबाट लैङ्गिक हिंसाको सन्देश

कमल घिमिरे।मंसिर२४।पाँचथर, पाँचथरको फिदिममा लैङ्गिक हिंसा विरुद्धको सन्देशमुलक सडक नाटक मञ्चन गरिएको छ । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा नाटक मञ्चन गरिएको हो ।विभिन्न संघ संस्थाको उपस्थित भइ लैङ्गिक हिंसा विरुद्धका नाराहरु लगाउदै फिदिम बजार परिक्रमा पश्चात सन्देशमुलक नाटक मञ्चन गरिएको हो । 

१६ दिने अभियानको समापन कार्यक्रममा नगर प्रमुख ओनाहाङ नेम्बाङ, नगर उप प्रमुख उर्मिला प्रधान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मुरारी वस्ति, प्रहरी प्रमुख सिद्धराज न्यौपाने,  विभिन्न वडाका वडा अध्यक्ष,उद्योग वाणिज्य संघ फिदिमकका अध्यक्ष दिपक नेपाल,पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यालय पाँचथरको सम्योजनमा यूगीन थिएटर पाँचथरले नाटक मञ्चन गरेको थियो । कमल घिमिरे को परिकल्पना,प्रेम नेपालको लेखन तथा कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे,सुजना मगर,सागर माङ्मु,शिशिर बाँस्कोटा, बर्षा खवास,सविना क्षेत्री लगायत कलाकारले अभिनय गरेका थिए । नाटकमा पुरुष,महिला दुवैमा हुने हिंसाको बारेमा चित्रण गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख विष्णु प्रसाद सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते