२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

बिहेको भोलिपल्टै पत्नीको हत्या, हत्या गरि सेफ्टीट्यांकीमा लुकाए

२०७६, २९ मंसिर आईतवार ०४:१४

मङ्सिर २९, धादिङ | धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर९ गते धादिङ सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीया अनिशा तामाङलाई दुलहीका रूपमा भित्र्याएका थिए । मकवानपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको खुलेको हो ।

शव लुकाउन अर्जुनका काका छवि थापा मगर आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ । मंसिर १० गते दिउसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान घरमा नदेखेपछि अर्जुनलाई सोधखोज गरेका थिए । उनले माइतीघर गएकी भनेर टारेका थिए ।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘केहो यस्तो बेस्सरी गन्हाएको?’अर्जुन र उनका केही आफन्तले ‘गोरु मरेको ’जवाफ दिए । वरि परि कसैको गाई-गोरु नमरेको र अनिशा धेरैदिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरेका थिए । गाउलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिएको सिद्धलेक–३ का अध्यक्ष देवहादुर

पुलामीले बताए । 

प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति घांटी थिचेर हत्या गरका हुन् । प्रहरीले अर्जुनसहित उनका काका छवि र आफन्त इन्द्रलाई पक्राउ गरेको छ । सेप्टिक ट्यांकीको ढकनी खोली ब्ल्यांकेटमा पोको पारेर हालिएको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएकोछ । उक्त घटनाबारे माइती पक्षलाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ ।

- आजको कान्तिपुरमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो