२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जोगाउँदा आमा गम्भीर

२०७६, २९ मंसिर आईतवार १५:०४

नानीमैया कटुवाल | मङ्सिर २९, सप्तरी | जीउभरि कुटेको निलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनी)बाट रगत बगिरहेको देखिन्छ । बोल्न खोज्नुहुन्छ, सक्नुहुन्न । पीडाले बेलाबेलामा बेहोस बनाउँछ । 

गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना हुनुभएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यतिबेला जीवनसँग सङ्घर्ष गर्दै हुनुहुन्छ । छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिबार उहाँलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराउनुभयो । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले उहाँलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् । 

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षघात बिरामी सासू छन् । आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । छोराहरूलाई कुटपिटबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताउनुभयो । गत शुक्रबार राति सधँै झँै मातिएर आउने उहाँका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कुटपिट गर्न थाले । 

“बुबा घर प्रवेश गरेपछि खुशी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भन्नुभएको थियो, खोइ त ल्याएको भने”, मञ्जुले भन्नुभयो, “कुरा यति थियो, मादक पदार्थ र गाँजा सेवन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कुटन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कुटाइ खाए ।” मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सर्नुभयो । “कमाएको जति सबै बाहिरै रक्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कुट्ने,” मञ्जुले प्रतिवाद गर्नुभयो ।


बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए । मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाउनुभएको थियो तर रक्सी र गाँजाको नशामा मातिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईं भने कमाएको सबै रक्सी खाएर उडाउने भनेर कराउनुभयो । 

रक्सी खाएर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोेरालाई छाडी मञ्जुलाई कुटन थाले । लात, मुक्काले मात्र नभई लाठीले रातभरि कुटपिट गरेको मञ्जुले बताउनुभयो । कुटपिटबाट मञ्जु बेहोस हुनुभयो । सम्पूर्ण शरीरमा निलडाम र चोटपटक लागेको छ । मञ्जुलाई रातभरि बेहोस हुनेगरी कुटेका राजकुमार बिहानै फरार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कुटाइ खाएको बताएकी मञ्जुले गहभरि आँसु पार्दै भन्नुभयो, “यसपटक बस्नसम्म नसक्ने गरी कुटपिट गर्नुभयो ।” ज्यानभरि नै चोटपटकको निलडाम रहेका र रगत बगिरहेको छ । “अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु