2026-09-12 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रूकुममा अधिकृत माथि कुटपिट, वडाअध्यक्ष पक्राउ

पुस ३,रूकुम पश्चिम | रूकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ | बुधबार साँझ ६ बजे कार्यालयको काम सकेर डेरामा जानेक्रममा वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको हो |

स्थानीय ठेकेदारसमेत रहेका गोपालले पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्ने गरेको चन्दले बताए | गोपालको समूहको आक्रमण परेका केसीलाई पाँच टाँका लगाइएको छ | अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुसिकोटमा राखिएको छ | वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेको छ |

उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए | उनका भाइ गोपाल भने फरार छन्। केशरमान तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए |

वडाध्यक्ष र उनका भाइविरूद्ध आजै प्रहरीमा जाहेरी दिने चन्दले बताए | कर्मचारी कुटिएपछि सुरक्षाको माग गर्दै कर्मचारीले आजदेखि नगरपालिकाको काम ठप्प पारेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन