२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा रहेका तामाङ्गको परिवार सम्पर्कमा, नेपाल ल्याउने पहल हुँदै

२०७६, ३ पुष बिहीबार १२:५३

मनोज पराजुली । पुस ३, काठमाडौं । मलेसियाको जेलमा रहेका सोमकुमार तामाङ्गको परिवार सम्पर्कमा आएका छन् । सोमकुमारको बारे संचार माध्यममा समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा रहेछन् उनी । अनलाइनमा प्रकाशित समाचारबाट थाहा पाएर उनका भाइ राजकुमार पोखराबाट विभाग पुगेका हुन् । सोमकुमारका अन्य तस्वीरहरु र उनकी श्रीमती तथा छोरीको समेत तस्वीर देखाएपछि सोमकुमार उनको परिवारका सदस्य भएको पुष्टि हुने आधार देखिएको भुसालले बताए ।

उनका भाइले दिएको जानकारी अनुसार बाबु नेपाली सेनाका अवकाशप्राप्त व्यक्ति। सोमकुमारले भनेजस्तो रातारात घरबाट काठमाडौ आएर उडेका होइन रहेछन् तामाङ्ग । उनका भाइले साझा सबालसंग भने "घरबाट १२ वर्षको उमेरमा नै कामको खोजीमा हिंडेका हुन्, ५ वर्ष पछि घर गएका थिए, त्यस पछि पुन १७ वर्षकै उमेरमा नै उमेर बढाएर पासपोर्ट बनाई विदेश गएका हुन् ।" विदेश गए पछि लागेको ऋण पनि तिरेका थिए, तर त्यसपछि कम्पनी परिवर्तन भएकोले सम्पर्क भएन, दाई राजकुमारले भने' पहिले फोन पनि गर्थे, तर जब सम्पर्क टुट्यो त्यसपछि केहि जानकारी पाइएन ।'

२०६४ सलामी मलेसिया गएको उनका भाईले बताए । पछि क्रमशः सम्पर्क हराउँदै गएको उनले बताए । विदेशी केटी बिहे गरेको भन्ने सम्म जानकारी पाएको उनका भाइले बताए । गत वर्ष मलेसिया जाँदा भेट भएको बताएका भाईले दाइलाई घर जाउँ भन्दा नेपाली भाषा जान्दिन, घर जाने पैसा छैन, भाई भनेका उनका भाइले स्मरण गरे 'न्युजमा दाइको बारे जानकारी आएपछी कोरियाबाट फुपुको छोरीले जानकारी दिएपछि आंफुले थाहा पाएको उनले बताए । ९ महिना अगाडी सम्पर्क भएका भाइ पुन सम्पर्कमा ल्याई घर ल्याउने प्रक्रिया शुरु हुँदा खुसि लागेको उनका भाइले बताए ।

"एकदम वेवारिस जस्ता भएका सोमसँग कसैको सम्पर्क हुनसकेको थिएन। हामीले उनलाई उनको आफन्तसँग सम्पर्क गराउन सक्यौं। राजदूतावासका मित्रहरुलाई यसमा धन्यवाद दिनै पर्छ। त्यहाँसम्मको तारतम्य उहाँहरुले मिलाउनु भयो।'' डा. भुसालले भने ।

अब उनको पासपोर्ट वा नेपाली नागरिकताको प्रतिलिपि खोजेर पठाउन भनिएको भुसालले बताए । कुनै एउटा कागजात प्राप्त भएपछि हामी मलेशियास्थित नेपाली राजदूतावासमा पत्राचार गर्नेछौं। आशा गरौं छिटै सोमकुमारको पुनर्मिलन आफ्नो परिवारसँग हुनेछ भुसालले खुसि हुँदै भने 'कति कुरा साना लाग्ने तर अति उच्च महत्वका हुन्छन्। धन्यवाद फेसबुक! धन्यवाद मिडियाका मित्रहरु!'

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै