३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङमा सुन्तला उत्सव शुरु

५ पुष २०७६, शनिबार ०४:३३

पुष ५, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । 

मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी हुन थालेका कारण बाँजो जग्गालाई एकीकरण गरी स्थानीय सरकार तथा सहकारीमार्फत सामूहिक खेती गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले  खेतीयोग्य जग्गालाई एकीकृत गरी सामूहिक उत्पादनमा लाग्ने कृषकलाई गण्डकी प्रदेश सरकारले अनुदानका कार्यक्रम ल्याउने बताउनुभयो । 

सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि सिगानामा सुन्तला उत्सव गरिँदै आएको छ । बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि उत्सव आयोजना गर्दै आइएको छ । उत्सवले सुन्तलाको व्यापार तथा प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरिएको छ 

यही पुस ९ गतेसम्म सञ्चालन हुने सुन्तला उत्सवमा सुन्तलाको नमूना प्रर्दशनी, नगरस्तरीय कृषि सम्मेलन, सुन्तला खाने प्रतियोगिता, सुन्तला बगैँचाको अवलोकन तथा अन्य कृषिउपजको प्रदर्शनी तथा स्थानीय सांस्कृतिक महत्व झल्काउने  विभिन्न झाँकीको प्रदर्शनी गर्ने आयोजकले उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 

सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाअन्तर्गतको सुन्तला क्षेत्र म्याग्दीले समेत सिगानालाई ‘सुन्तला जोन’ भित्र समावेश गरेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले बताउनुभयो । सिगानालाई कृषिबाटै समृद्धि गर्ने योजनाका साथ १८०० मिटर माथि चिया तथा १८०० मिटर तल सुन्तलाखेती विस्तारका लागि बिरुवा रोप्ने अभियानलाई समेत तीव्रता दिइएको अध्यक्ष जिसीले बताउनुभयो । सिगानामा वार्षिक रु दुई करोड बढीको सुन्तलाको कारोवार हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली