2026-06-28 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङमा सुन्तला उत्सव शुरु

पुष ५, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । 

मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी हुन थालेका कारण बाँजो जग्गालाई एकीकरण गरी स्थानीय सरकार तथा सहकारीमार्फत सामूहिक खेती गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले  खेतीयोग्य जग्गालाई एकीकृत गरी सामूहिक उत्पादनमा लाग्ने कृषकलाई गण्डकी प्रदेश सरकारले अनुदानका कार्यक्रम ल्याउने बताउनुभयो । 

सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि सिगानामा सुन्तला उत्सव गरिँदै आएको छ । बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि उत्सव आयोजना गर्दै आइएको छ । उत्सवले सुन्तलाको व्यापार तथा प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरिएको छ 

यही पुस ९ गतेसम्म सञ्चालन हुने सुन्तला उत्सवमा सुन्तलाको नमूना प्रर्दशनी, नगरस्तरीय कृषि सम्मेलन, सुन्तला खाने प्रतियोगिता, सुन्तला बगैँचाको अवलोकन तथा अन्य कृषिउपजको प्रदर्शनी तथा स्थानीय सांस्कृतिक महत्व झल्काउने  विभिन्न झाँकीको प्रदर्शनी गर्ने आयोजकले उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 

सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाअन्तर्गतको सुन्तला क्षेत्र म्याग्दीले समेत सिगानालाई ‘सुन्तला जोन’ भित्र समावेश गरेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले बताउनुभयो । सिगानालाई कृषिबाटै समृद्धि गर्ने योजनाका साथ १८०० मिटर माथि चिया तथा १८०० मिटर तल सुन्तलाखेती विस्तारका लागि बिरुवा रोप्ने अभियानलाई समेत तीव्रता दिइएको अध्यक्ष जिसीले बताउनुभयो । सिगानामा वार्षिक रु दुई करोड बढीको सुन्तलाको कारोवार हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी