२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

खानाका परिकारका स्वाद लिन धुलिखेल जाने कि ?

२०७६, ६ पुष आईतवार ०५:१८

पुस ६, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ । 

 धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिनभयो । उहाँले भन्नुभयो “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।”

 धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो ।

धुलिखेल नगरका १२ वटै वडामा हाल उद्यान निर्माण भइरहेको छ । नगरको भ्रमण वर्षलक्षित योजनामा अरनिको र बिपी राजमार्गअन्तर्गत धुलिखेल क्षेत्रमा १० नयाँ उद्यान निर्माण गरिने भएको छ । “आन्तरिक तथा बाह्य पर्यटकलक्षित कार्यक्रम पनि गर्नेछौँ, जसले स्थानीय संस्कृतिको विकास एवं स्थानीयवासीको आयआर्जनमासमेत टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय उद्योगी, निजी सङ्घसंस्था, गैरसरकारी संस्था एवं स्थानीयवासीलाई भ्रमण वर्ष सफल पार्न सहयोग गर्न अपीलसमेत गर्नुभएको छ । 

नगरको भ्रमण वर्षलक्षित कार्यक्रमको प्रशंसा गर्दै पर्यटकलाई विशेषरूपमा स्वागत, सम्मान एवं बसाइँलाई सहज बनाउन होटल व्यवसायी सजग रहने रिजनल होटल एशोसिएशन काभ्रेपलाञ्चोक सचिव एवं धुलिखलस्थित माउण्ट प्रिन्स होटल सञ्चालक ज्योत्सना सैँजूले बताउनुभयो । “हामी व्यावसायी धुलिखेल नगरसँग हातेमालो गरेर भ्रमण वर्ष सफल बनाउनेछौँ”, उहाँले भन्नुभयो । धुलिखेलमा ठूला–साना गरी ६० भन्दा बढी होटल छन् ।

 जिल्लामा यसअघि भ्रमण वर्षलक्षित पर्यटन प्रवद्र्धनार्थ पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ र नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रूपमा विकसित गर्ने योजना बनाएको छ । पाँचखालमा स्थानीय उत्पादन, संस्कृति, पर्यटन, भ्यूटावर प्रवद्र्धनका लागि ११ दिने महोत्सव आयोजना गरिएको थियो ।

 पर्यटकीय नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले विदेशी पाहुनाका लागि नगरकोटका हाल १० घरमा घरवास (होमस्टे) व्यवस्थापन गरेको छ । उसले पर्यटन सूचना केन्द्र स्थापना गर्ने, स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा घरवासको सङ्ख्या बढाउने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउने योजना बनाएको छ । गत हप्ता नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजले पनि भ्रमण वर्षलक्षित हाफ म्याराथुन प्रतियोगिता सम्पन्न ग¥यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो