२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको दुई बस्तीमा नि-शुल्क ग्यास/चुलो बितरण (८ तश्वीर)

८ पुष २०७६, मंगलवार ०६:११

दान बहादुर बुढा | पुष ८, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले नगर भित्र रहेको दुई बस्तीमा निशुल्क चुलो ग्यास बितरण गरेको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेको ७९ गाँउ बस्ती मध्य अति दुर्गम पछाडि परेको काठ दाउरा (ईन्धनको) लागी परापुर्व कालदेखी निकै दुख कष्ट पाएका लह र लापुका रहेको स्थानिय जनताहरुको गर्त बर्ष यही समयमा गरेको गुनासोलाई मध्य नजर राखी नगरपालिका वडा नम्बर १३ लह गाँउका २५ जना र लापु गाँउका ३२ घरधुरी गरी जम्म ५७ घर धुरीलाई हिजो आईबार एक घर एक ग्यास चुलो बितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले बताएका छन ।


बिभिन्न कानुनि प्रक्रियाबाट सामान खरीद गर्नुपर्ने भएको हुँदा जनताको माग अनुसारको समयमा ग्यास चुलो उपलब्ध गराउन नसकेर एक बर्ष ढिला भएको हो । यहाँका स्थानिय बासिहरुले दाउरा ल्याउन एक दिनभरीको समय लगाउने गरेका थिए भने यो ग्यास चुलो प्रयोग गर्दा समय निकै कम लाग्ने बढी समयमा फुसद हुने भएको हुदा बाकी समयमा आयआर्जन, सिपमुलक कार्यमा लाग्न र स्वास्थ्यमा सुधार ल्याउनको लागी नगरपालिका भित्रको गरिवसंग नगर प्रमुख कार्याक्रमबाट लह गाँउका ३२ र लापु गाँउका २५ घर धुरीलाई ग्यास चुलो निशुल्क बितरण गरिएको हो । यस एक घर एक ग्यास चुलो बितरण कार्यक्रमको जम्मा बजेट ४ लाख ९७ हजार सम्म रहेको आगामी दिनहरुमा यी बस्तीका आय आर्जन सिपमुलक कार्यक्रम पनि सन्चालन गर्ने नगर प्रमुख शाहीले बताएका छन ।


बिगतका बर्षहरुबाट दाउराको जोहो गर्दा निकै शास्ती पाएका यी लह, लापु गाँउका स्थानिय बासीहरु पहिलो पटक ग्यास चुलो प्रयोग गर्न पाउदा निकै खुसि भएका छन । सबै भन्दा बढी बिहानबेलुकाको चुलो-चौको गर्ने महिला निकै खुसी भएका छन् । अन्य अन्न पानी लुगा लत्ता खान खर्च भन्दा पनि सबै भन्दा बढी दाउराको चिन्ता हुन्छ । बिहान अधेरोका नै दाउरा लिन बनतिर बासि रोटी लिएर जानुपर्ने बेलुकी ५ बजे पछि मात्र घर फर्कने बाटो पनि राम्रो नहुदा भिरोले बनपाखा टाढा जानु पर्ने यही दाउराकै कारणले धेरै जना महिलाले बन/पाखामा लडेर मुत्यू पनि भएको बिगतका दिनलाई सम्झेर मन जिरीङ्ग हुन्छ'  छायानाथ रारा नगरपालिकाबाट ग्यास चुलो पाउदा निकै खुसी भएको स्थानिय लाप गाँउकी ६६ बर्षकी सुन्ता बुढाले बताएकी छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य