2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको दुई बस्तीमा नि-शुल्क ग्यास/चुलो बितरण (८ तश्वीर)

दान बहादुर बुढा | पुष ८, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले नगर भित्र रहेको दुई बस्तीमा निशुल्क चुलो ग्यास बितरण गरेको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेको ७९ गाँउ बस्ती मध्य अति दुर्गम पछाडि परेको काठ दाउरा (ईन्धनको) लागी परापुर्व कालदेखी निकै दुख कष्ट पाएका लह र लापुका रहेको स्थानिय जनताहरुको गर्त बर्ष यही समयमा गरेको गुनासोलाई मध्य नजर राखी नगरपालिका वडा नम्बर १३ लह गाँउका २५ जना र लापु गाँउका ३२ घरधुरी गरी जम्म ५७ घर धुरीलाई हिजो आईबार एक घर एक ग्यास चुलो बितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले बताएका छन ।

बिभिन्न कानुनि प्रक्रियाबाट सामान खरीद गर्नुपर्ने भएको हुँदा जनताको माग अनुसारको समयमा ग्यास चुलो उपलब्ध गराउन नसकेर एक बर्ष ढिला भएको हो । यहाँका स्थानिय बासिहरुले दाउरा ल्याउन एक दिनभरीको समय लगाउने गरेका थिए भने यो ग्यास चुलो प्रयोग गर्दा समय निकै कम लाग्ने बढी समयमा फुसद हुने भएको हुदा बाकी समयमा आयआर्जन, सिपमुलक कार्यमा लाग्न र स्वास्थ्यमा सुधार ल्याउनको लागी नगरपालिका भित्रको गरिवसंग नगर प्रमुख कार्याक्रमबाट लह गाँउका ३२ र लापु गाँउका २५ घर धुरीलाई ग्यास चुलो निशुल्क बितरण गरिएको हो । यस एक घर एक ग्यास चुलो बितरण कार्यक्रमको जम्मा बजेट ४ लाख ९७ हजार सम्म रहेको आगामी दिनहरुमा यी बस्तीका आय आर्जन सिपमुलक कार्यक्रम पनि सन्चालन गर्ने नगर प्रमुख शाहीले बताएका छन ।

बिगतका बर्षहरुबाट दाउराको जोहो गर्दा निकै शास्ती पाएका यी लह, लापु गाँउका स्थानिय बासीहरु पहिलो पटक ग्यास चुलो प्रयोग गर्न पाउदा निकै खुसि भएका छन । सबै भन्दा बढी बिहानबेलुकाको चुलो-चौको गर्ने महिला निकै खुसी भएका छन् । अन्य अन्न पानी लुगा लत्ता खान खर्च भन्दा पनि सबै भन्दा बढी दाउराको चिन्ता हुन्छ । बिहान अधेरोका नै दाउरा लिन बनतिर बासि रोटी लिएर जानुपर्ने बेलुकी ५ बजे पछि मात्र घर फर्कने बाटो पनि राम्रो नहुदा भिरोले बनपाखा टाढा जानु पर्ने यही दाउराकै कारणले धेरै जना महिलाले बन/पाखामा लडेर मुत्यू पनि भएको बिगतका दिनलाई सम्झेर मन जिरीङ्ग हुन्छ’  छायानाथ रारा नगरपालिकाबाट ग्यास चुलो पाउदा निकै खुसी भएको स्थानिय लाप गाँउकी ६६ बर्षकी सुन्ता बुढाले बताएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल