Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा चिसो छल्न बालिएको आगोले जलेर एकको मृत्यु

२०७६, १० पुष बिहीबार ०३:४०

पुष १०, सर्लाही | चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।  घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । गए राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती  गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । 

आगलागीबाट रु २१ लाख क्षति 

ईश्वरपुर नगरपालिका–६ बैलवास बजारमा आगलागी हुँदा तीन जनाको घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट करीब रु २१ लाखको क्षति भएको प्रहरीले जनाएको छ । गए राति करीब ९ः३० बजे बिजुलीको तारमा सर्ट भई आगलागी हुँदा स्थानीयवासी हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर पसल जलेको छ । 

आगलागीबाट हकिममियाँको दुईकोठे घर र पसल जलेर रु पाँच लाख बराबरको क्षति भएको छ ।  अन्सारीको नुर आर्ट ग्लेरी पसलमा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको छ । त्यस्तै मजहर हुसेनको सहयोगी सर्जिकल मेडिकल पसलमा आगलागी हुँदा रु आठ लाख बराबरको औषधि र एक लाख नगद गरी रु नौ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा गए राति करीब ११ बजे नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ