2026-09-12 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पीडामय बन्यो भगवतीको दैनिकी

सुशीला रेग्मी | पुष १४, बेझाड (रासस) | घरमा तीन जना अशक्त छन्, आम्दानीको कुनै बाटो छैन, सहारा केवल पीडा मात्रै बनेको छ, रामपुर नगरपालिका–७ की भगवती पाठकको । हाम्रो समाजमा एउटा भनाइ छ ‘दैव नलागोस् तर शत्रु लागोस्’, तर भगवतीका लागि यो भनाइ पनि सार्थक हुन सकेन । भगवतीको परिवारमा एक छोरी र तीन छोरामध्ये जेठो छोरा शारीरिकरूपमा अशक्त हुनुहुन्छ भने माइला छोरा शारीरिक तथा मानसिकरूपमा पूर्ण अशक्त हुनुहुन्छ । श्रीमान् पनि १५ वर्षदेखि आँखा नदेख्ने समस्यामा हुनुहुन्छ । 

पाठकका २९ वर्षका माइला छोरा यादव जन्मेको डेढ महिनादेखि शारीरिक तथा मानसिकरूपमा पूर्ण अशक्त हुन पुग्नुभयो । मेनेन्जाइटिस नामक रोग लागेपछि उपचारका लागि पाल्पा मिशन अस्पताल लगियो । आर्थिक अभावमा रोग निको गराउन नसकिएपछि जीवनभर पूर्णरूपमा अपाङ्ग बन्नुप¥यो । जन्मेदेखि नै उहाँको ओछ्यानकै बास छ । दुवै हातखुट्टाले राम्रोसँग काम गर्दैन । खाना खुवाउने, दिसा पिसा गराउने, सुताउने उठाउने सबै अर्काको सहारामा हुन्छ । सिधा उभिन सक्ने अवस्था छैन । 

माइलो छोराको स्याहारसुसारले पालो नपाउने भगवतीका जीवनमा फेरि अर्को समस्या थपियो । आफूलाई सहारा दिने जीवनसाथी श्रीमान् यमकान्त पाठकको आँखामा समस्या आएपछि उहाँले पनि अहिले भगवतीकै सहारामा बाँच्नु परेको छ ।

माइलो छोरा र श्रीमान्को पीडा छँदै थियो फेरि भगवतीको जीवनमा अर्को अकल्पनीय बज्रपात आइलाग्यो । उहाँको परिवारको एउटै आशा भरोसा ३५ वर्षका जेठा छोरा लालप्रसाद आफूले बनाइदिएको घरको छतमा पानी ट्याङ्की सफा गर्ने क्रममा दुई तलामाथिबाट खसेर मेरुदण्ड नै भाँचियो । लालप्रसादले गाउँघरमा घर तथा भवन निर्माणमा मजदूरी गर्दै आउनुभएको थियो । सोही क्रममा दुई वर्ष अघि गाउँकै एक घरमा काम गर्ने क्रममा दुई तला माथिबाट खसेर उहाँको मेरुदण्ड भाँचिएपछि पाल्पा, पोखरा र काठमाडौँमा उपचार गराउनुभयो ।

उपचारमा करिब रु १२ लाख रकम खर्चनुभयो । उपचार गर्ने क्रममा आर्थिक अभाव परेपछि बीचमै उपचार नगरी आँखाभरि आँशु बोकेर घर फर्कनुप¥यो । “घरमा कमाएर दिने कोही छैनन्, ऋणधन गरेर उपचार गर्दा आर्थिक समस्या परेपछि उपचार पूरा गर्न नपाई घर ल्याउन बाध्य भयौँ”, आमा भगवतीले भन्नुभयो । घरमा तीन जना अपाङ्गको एक्लै स्याहारसुसार, मेलापात घाँस दाउरा, खेतीपाती गरेर मनभरि पीडा लिएर बाँच्नु आफ्नो दैनिकीजस्तै बनेको उहाँले भावुक हुँदै सुनाउनुभयो । “मेरो जीवनमा पीडामाथि पीडा थपिएको छ, सुखका दिन कहिल्यै आएनन्, सधैँ जीवन कष्टसँग बित्नेभयो”, उहाँले गुनासो गर्नुभयो ।

भाइ र बुबाको स्याहारसुसार, रेखदेख, औषधि उपचारका लागि गाउँघरमा लालप्रसादले घर तथा भवन निर्माणको क्षेत्रमा मजदूरी गर्नुहुन्थ्यो । परिवार खुशी बनाउने र पीडामा रहेकी आमालाई सान्त्वना दिने एक सहाराका रूपमा लालप्रसाद हुनुहुन्थ्यो, तर परिवारलाई मजदूरी गरेर भए पनि सुखसँग पाल्ने सपना जीवनभर सपनामा मात्र सीमित बन्न पुग्यो । जीवनमा सोच्दै नसोचेको घटना घटेको र परिवारमा पीडामाथि पीडा थपिएको लालप्रसाद बताउनुहुन्छ ।

“आमालाई मैले सहारा दिनुपर्ने ठाउँमा भर्खरको उमेरमा अपाङ्ग भएर बाँच्नुको पीडा जतिको जिन्दगीको दुःख केही रहेनछ, आमाले एक्लो ज्यानले तीन जनाको स्याहारसुसार, घरायसी काम, मेलापात गर्न भ्याउनुभएको छ”, उहाँले भन्नुभयो । परिवारको आयस्रोत नहुँदा जीवनभर अर्काको सहारामा बाँच्नु परेको र कतैबाट सहयोग भएमा अझै पनि उपचार हुने आशा रहेको उहाँले बताउनुभयो ।

युएईस्थित नेपाली युवाले रकम सङ्कलन गरी उहाँको उपचारमा रु दुई लाख एक हजार रकम हालै सहयोग गरेका छन् । लालप्रसाद र उहाँको परिवारको अवस्था देखेर औषधि उपचार तथा लालनपालनमा सहज होस् भनी थोरै भए पनि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट रकम उठाएर सहयोग गरेको केशव रेग्मी बताउनुहुन्छ ।

त्यस्तै पाठक परिवारलाई रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले एक महिनाको आफ्नो तलब र अन्य रकम गरेर रु ५५ हजार रकम सहयोग गरिसक्नुभएको छ । उई लभ पिपुल नामक संस्थामार्फत रु ३० हजार र अन्य विभिन्न सङ्घ संस्था र व्यक्तिबाट करिब ५८ हजार जति रकम सहयोग प्राप्त भइसकेको परिवारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन