कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार"/>
४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

गोबरग्यासको प्रयोगले ग्यास अभावको असर परेन

१३ असार २०७३, सोमबार १६:५३

कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन ।

केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् ।

भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि साङ्कोषको यो बस्तीको सबैजसो घरमा भएका गोबर ग्यास सञ्चालन गर्न थालिएको छ । उनीहरुले बन्द गरेको गोबर ग्यास प्लान्टलाई पनि पुनः सञ्चालनमा ल्याएको स्थानीयवासी हरि घिमिरेले बताए । यो क्षेत्रमा करिब १५० को सङ्ख्यामा गोबर ग्यास सञ्चालनमा रहेको छ ।

नाकाबन्दीले गर्दा बजारमा भएको ग्यास अभावको प्रभाव शून्य रहेको र गाउँवासीलाई ग्यास अभावले कुनै समस्या नपरेको शिव सापकोटाको भनाइ छ ।

पहिले गाईबस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्यास अहिले घरमा सम्पूर्ण खाना पकाउने काममा प्रयोग हुन थालेको छ । विशेष गरी सदरमुकाम डेरा गरी बस्ने र होटल व्यवसाय गरी बस्नेहरु खाना पकाउने ग्यासको अभावका कारण मर्कामा परेका छन् ।

घर भाडामा बस्दा घरवालाले कोठामा दाउराको चुलो बाल्न नदिएपछि डेरा गरी सदरमुकाममा पढ्न बसेका विद्यार्थी र कर्मचारीले समस्या झेल्दै आएको बताएका छन् ।

अहिले धादिङको सदरमुकाम आसपासका ग्रामीण क्षेत्रमा भने गोबर ग्यासको प्रयोग बढेसँगै सदरमुकामका घरहरुमा भने दाउराको प्रयोग बढेको छ । धादिङ सदरमुकामका अधिकांश नागरिकले इन्धन बचाउनका लागि पनि दाउरा र बायो ग्यासको प्रयोग गरेका छन् ।

गोबर ग्यास र दाउरामा खानेकुरा पकाउँदा केही समय भने बढी नै लाग्ने भए पनि खाना भने स्वादिलो हुने गाउँवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ