२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुत्केरी आमाको मृत्यु पछि शिशुको विचल्ली

२०७६, १ माघ बुधबार १०:३९

दानबहादुर बुढा | माग १, मुगु | गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाँउकी धनरुपा विश्वकर्माको सुत्केरी अवस्थामा जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउदा ल्याउदै अत्याधिक रक्तश्रापले वाटोमै मृत्यु भएपछी नवजात शिशुको विचल्ली भएको छ |


मृत्यु भएकी सुत्केरी धनरुपश्कर्मा जिल्ला सदरमुकाम गमगढी देखी २ घण्टा टाढा जिउला गाउँकी हुन उनी गाउँमा रहेको वर्थिङ्ग सेन्टरमा सेवा सुबिधा नहुदा घरमै सुत्केरी भएकी थिईन | सुत्केरी विश्वकर्माले नवजात शिशु पनी जन्माएर सुत्केरी भएको ४ घण्टा सम्म लगातार रक्तश्राप भएपछि सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचर मावोकेर ल्याउदाल्याउदै मृत्यु  भएको हो |

बिश्वकर्माले जन्माएको नवजातशिशु भने हाल जिवितै रहेकाले ,शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका बुबा रामवहादुर  विकले वताए । विकका अनुसार नवजात शिशुलाई बचाउनको लागी गाउँमा रहेकी आमाहरुले आलोपालो गरेर आज भोली स्तनपानमा (दुध) खुवाउनमा सहयोग गरेपनी,उनीहरुका वच्चालाई स्तनपानमा असर हुनेहुदा नवजात शिशुलाई हुर्काउन निकै अप्ठेरो परेको बताउँछन् | साथै शिशुलाई हालनियमीत स्तनपान नहुदा विचल्लीमा परेको छ | शिुशलाई स्तनपान र पालन पोषणका लागि कोही कसैले सहयोग गरी दिए धर्म लाग्ने,स्थानिय गाँउलेहरुको भनाई रहेको छ |


जिल्ला सदरमुकाम बाट दुई घण्टाको पैदल बाटो भएकाले समयमा सुत्केरीलाई अस्पाताल लिन नसकेकाले सुत्केरी पत्नीको ज्यान वचाउ नसक्दा,शिशुलाई स्तनपान गराउन समस्या हुनुको साथै  घरमा जन्मान्तर नगरेर जन्माएका शिशु भन्दा अगाडीका चार वच्चाको हेरचाहा गर्न र पालनपोषण गर्न ठुलो समस्याले पिरोलेको विकले दुखेसो  पोखेका छन |

मृत्यु भएकी धनरुपा विश्वकर्माको सुत्केरी भएको अवस्थामा हिमपातले जिल्लामा संञ्चार अवरुद्ध भएको थियो, त्यसै वेला जिल्लामा कुनै सम्पर्क गर्न नसक्दा राष्ट्रपति महिला तथा जेष्ठ नागरीक उत्थानकार्यक्रमले सुत्केरी र गर्भपति महिलालाई उद्धार गर्नेगरे पनी संञ्चारका कारण सम्पर्क हुन नसक्दा सुत्केरीको  उद्धार हुन नसकी ज्यानगएको थियो |

तर जिल्लामा उक्त कार्यक्रमले यस भन्दा अगाडी नौ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरी सकेको जिल्ला प्रशासन कार्यलय मुगु लेजनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने