२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बेँसीशहरका घरघरमा भाचोकखोलाको पानी

२ माघ २०७६, बिहीबार ०६:५५

माघ २, लमजुङ । बेँसीशहर नगरपालिकाका उपभोक्ताका घरघरमा वडा नं १० बाझखेतस्थित भाचोकखोलाको पानी पुगेको छ । नेपाल सरकार र बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा बेँसीशहर खानेपानी सहलगानी आयोजनामार्फत भाचोकखोलाको पानी आजबाट बेँसीशहरका घरघरमा पुगेको हो । 

बेँसीशहरमा यसअघि उपलब्ध भइरहेको पानी पर्याप्त नभएपछि भाचोकखेलाको पानी चण्डिाडाँडामा निर्माण भएको आठ लाख ३० हजार लिटरको पानी जम्मा गर्ने मूल ट्याङ्कीमा ल्याएर त्यहाँबाट वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनभुयो । उपभोक्ता समितिले दुई हजार ६७० धारामा पानी वितरण गर्दै आएको छ । यसअघिको पानीले करिब ४० हजार जनसङ्ख्या लाभान्वित भएको र भाचोकखोलाको पानी वितरण भएपछि नगरका वडा नं ७, ८, ९ र १० गरी करिब ७० हजारभन्दा बढी नागरिक लाभान्वित भएका समितिले जनाएको छ । 

यस आयोजनाबाट प्रति सेकेन्ड २५ लिटर पानी आएको छ । यसअघि पानीको समस्या हुँदै आए पनि यस आयोजनाबाट पानी वितरण भएकाले आगामी २० वर्षसम्म बेँसीशहरवासीमा पानीको समस्या नहुने उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ । बेँसीशहरमा पहिलोपटक २०५० सालबाट खानेपानी वितरण गर्न शुरु गरिएको थियो । त्यसयता ठूलोपँधेरोलगायतबाट खानेपानी वितरण भइरहे पनि पर्याप्त नभएपछि यस आयोजनाको पानी वितरणले नगरवासीलाई ठूलो सहयोग पुगेको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । 

खानेपानी आयोजना बेँसीशहरबाट भाचोकखोला उखुवारीसम्मको दूरी छ किलोमिटर छ । हाल आयोजनाको रकिङ फिल्टर निर्माण, टेडिमेन्टेसन, पाँच लाख १५ हजार लिटरको पानी ट्याङ्की, तीन लाख लिटरको पानी ट्याङ्की र एक लाखको पानी ट्याङ्की निर्माण गरेर मूल ट्याङ्कीमा सबै पानी जम्मा गरेर पानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ । 

यस आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी हुने गरी रु २८ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको बताइएको छ । खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको महादेव खिम्ति पराजुली जेभीले ०७४ साउनबाट शुरु गरिएको आयोजना २०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो तर निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः छ महिनाको थप गरिएको म्याद गत पुस १८ गतेसम्मे थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो