२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

२०७६, ४ माघ शनिबार १६:५६

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो ।



उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध संस्था STAND WITH NEPAL CANADA को आर्थिक सहयोगमा साविक खरी गाविस ७ गैरीगाउँमा निर्माण गरिएको हो | अकलादेवी कृषक समूह तथा सहारा युवा क्लवको लागि १० लाखको लागतमा निर्माण गरिएको उक्त सामुदायिक भवन गाउँपालिका अध्यक्ष  विनोदराज तिमल्सिनाले उद्घाटन गरे ।


भवन उद्घाटन समारोहका बीच तिमल्सिनाकै पहलमा अमेरिकाबाट सहयोग भएको दुई वटा सिलाई मेसिन र नरेन्द्र तिमल्सिनाको पहलमा मेडीसिटि अस्पतालबाट प्रदान भएको फस्ट एडको सामग्री समेत स्थानीयलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बोल्दै वक्ताहरुले दुई दशक बढी पर्यटन क्षेत्रमा कार्यरत तिमल्सिनाले आफ्नो गाउँ र समाजको विकासको लागि गर्दै आएको कार्यको प्रसंशा गरे । तिमल्सिनाले भूकम्प पछि आफ्नो गाउँमा गरेको सहयोग तथा स्थानीय स्तरमा विकासको लागि गरेका पहलकदमीले आफूलाई समाजसेवाको कार्यमा थप हौशला मिलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय जनप्रतिनिधिहरुलाई अनावश्यक ठाउँमा नभई जनताको पहिलो आवश्यकतालाई प्राथमिकता राखेर मात्र विकास निर्माणको कार्यमा बजेट खर्चन सुझाव दिए । 


कार्यक्रममा गाउँपालिका अध्यक्ष बिनोद तिमल्लेसिनाले स्थानीय युवाहरुको सक्रियतामा हुने बहुउपयोगी कामको प्रसंशा गरे । उनले गाउँपालिकाको बजेटबाट भन्दा स्थानीयको सक्रियामा हुने कामको उपलब्धि बढी हुने गरेको पाएको भन्दै स्थानीय स्तरमा जनतालाई बहुउपयोगी हुने योजनाहरुलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्दै आएको बताए  । त्यस्तै स्थानीय वडाध्यक्ष कृष्ण काप्रीले साविक खरी ७ का युवाहरुको सक्रियताले माघे सक्रान्तिको दिन खरीकै केन्द्रमा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न भएको स्मरण गर्दै यही स्थानका स्थानीयले सामुदायिक भवन पाएकोमा खुसि व्यक्त गरे ।


त्यस्तै कार्यक्रममा बोल्दै अन्नपूर्ण माविका प्रधानाध्यापक देवेन्द्र अधिकारीले भवन निर्माणका पहलकर्ता रामकृष्ण तिमल्सिनामा जस्तै अन्य युवाहरुमा पनि गाउँ विकास र सामाजिक सेवाको भावना हुनुपर्ने बताए । उनले सानु थापाको पहलमा इटालीबाट अन्नपूर्ण माध्यामिक विद्यालयको भवन निर्माणार्थ भएको पहललाई स्मरण गर्दै पछिल्लो समय गाउँको विकासमा युवाहरुको सक्रियता बढ्नुले आफूलाई गर्व महशुस भएको बताए । 

सहारा युवा क्लब तथा अकलादेवी कृषक समूहको आयोजनामा भएको उद्घाटन कार्यक्रममा समाजसेवी रामकृष्ण तिमल्सिनालाई गाउँपालिका अध्यक्ष मार्फत बिशेष सम्मान प्रदान गर्दै कदरपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना, वडाध्यक्ष कृष्ण प्रसाद काप्री, नेकपा धादिङका जिल्ला सदस्य हरि थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य नरेन्द्र भट्ट लगायत स्थानीय जनप्रतिनीधिहरु र स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो