माघ ६, काठमाडौँ | चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ ।

सन्तोष केसी अहिले १५ वर्षका भए । कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो ।

केसी अब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा सलिम अन्सारीले लेखेका छन् ।