माघ ९, सर्लाही | सर्लाहीमा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ |
जिल्लाको कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए |