Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाल्मामा माटोको ढिस्कोले पुरिँदा तीन जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>माघ ११, पाल्पा । </b>कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् ।&nbsp;</p><p>तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय&nbsp; गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताउनुभयो । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।<br></p>