नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुवि"/>
२० मंसिर २०८२, शुक्रबार
अर्थ/विकास

इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ

१८ असार २०७३, शनिबार ०३:३८

नन्दराम जैशी । असार १८, जुम्ला ।

जुम्ला सिंजा क्षेत्रका नागरिकहरुलाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदान गर्नको लागि शुक्रबारदेखि एक औपचारीक कार्यक्रमका बिच इलाका प्रशासन कार्यालय नराकोटको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ गरीएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्य मन्त्रि बलबहादुर महतले इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको हो ।   

इलाका प्रशासन कार्यालयको अब निर्माण हुने भवनका लागि ४० लाख रकम यसबर्ष बिनियोजित गरीएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यसैबिच हिजै सेवा प्रारम्भको अवसरमा इलाका प्रशासनबाट ४ वटा नागरीकता र १ वटा नावालक परीचय पत्र वितरण गरीएको छ । जसमा पहिलो नं को नागरीकता लिनेमा गणेश जिसि रहनु भएको छ ।

त्यस्तै दिनेश बुढा, सविता धिताल र प्रेम आचार्यले पनि हिजै नागरीकता लिएका छन् । भने महेश्वर काफ्लेले नावालक परीचय पत्र लिएको इलाका प्रशासन कार्यालय नराकोटले जनाकारी दिएको छ । जुम्लाको सिंजा क्षेत्रमा रहेका १० गाविसलाई सेवा दिनको लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । सिंजा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका स्थानियलाई नागरिकता लगाएतका प्रशासनिक सेवा लिन सजिलोे हुने भएको छ । पहिले लामो यात्रा गरेर सदरमुकामसम्म आएर सेवा लिनु पर्ने सिंजाका स्थानीयलाई अब सहज हुने भएको छ ।

यसैगरि नराकोटमा इलाका स्तरीय नेपाल टेलिकम, मालपोत र नापी कार्यालयहरु दशैँसम्म विस्तार गर्ने तयारि भएको छ । सिंजामा इलाका कार्यालयहरु कृषि, वन, पशु, खाद्य, साल्टटेनिङ्ग,  हुलाक लगाएतका कार्यालयहरु पहिले देखि नै सञ्चालन भैरहेका छन् । इलाका प्रशासन कार्यालयमा ७ जना कर्मचारि रहने ब्यवस्था गरीएको छ । 

इलाका प्रशासन कार्यालयको भवन शिल्यान्यास तथा सेवा प्रारम्भ घोषणाको औपचारीक कार्यक्रममा नराकोट पुग्नु भएका जिल्ला स्थीत राजनैतिक दल तथा सरोकबारवाला निकायले सिँजा क्षेत्रको विकास तथा सेवालाइ पारदर्शि बनाउन जोड दिने बताएका छन् । सिँजाका स्थानियले सेवा प्रारम्भ घोषणा मात्र ठुलो कुरानभइ राज्यले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान