Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-06-24 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेइमारको मूल्य बढेर ३० अर्ब पुग्यो

neymar-barcelona

असार १८, (काठमाडौँ) | नेइमारले बार्सिलोना नछोड्ने भएका छन् । उनले थप पाँच वर्षको नयाँ सम्झौता गरेको क्लबले जनाएको छ । ब्राजिलका कप्तान नेइमारलाई बार्सिलोनाबाट किन्न चाहनेले दुई सय ५० मिलियन (३० अर्ब ४८ लाख नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ ।

अनुबन्धको पहिलो वर्षमै किन्न चाहनेले दुई सय मिलियन युरो तथा दोस्रो वर्ष किन्न चाहनेले दुई सय २२ मिलियन युरो तिर्नु पर्ने शर्त राखिएको छ । त्यसपछि किन्न चाहनेले दुई सय ५० मिलियन (३० अर्ब ४८ लाख नेपाली रुपैयाँ) तिर्नु पर्नेछ । नेइमारले सन् २०२१ सम्मका लागि सम्झौता गरेका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसीले २४ वर्षका नेइमारलाई अनुबन्ध गर्न चाहेका थिए ।

सन् २०१३ मा बार्सिलोनामा अनुबन्ध भएपछि अहिलेसम्म नेइमारले ला लिगाका ९३ खेलमा ५५ गोल गरेका छन् । नेइमारले ब्राजिलको राष्ट्रिय टिमबाट ७० खेलमा ४६ गोल गरेका छन् । नाउ क्याम्प आएपछि नेइमारले दुई ला लिगा, दुई कोपा डेल रे तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित