2026-10-22 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा

माघ २०, चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो । 

सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताउनुभयो । सो अवसरमा उहाँले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताउनुभयो । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिनुभयो । भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस  सेवा शुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् । 

सरकारले मिर्गाैलाको डायलेसिस  सेवा निःशुल्क गरेको छ ।  भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछ ।

एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा  

जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् । हालसम्म १२८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ ।  भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले सङ्क्रमितहरुको स्वास्थ्य बीमा गरेका हुन् । स्वास्थ्य बीमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन् । 

चालु आवकोे जेठ मसान्तभित्र सबै सङ्क्रमितको स्वास्थ्य बीमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिनुभयो । गत आवबाट सङ्क्रमित परिवारको बीमा गर्न थालिएको थियो । एकै परिवारमा चारजनासम्म सङ्क्रमित हुने गरेकाले सङ्क्रमितहरुको सङ्ख्या अनुसारको परिवारको सङ्ख्या कम रहेको छ । जिल्लाका सबै तहले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको सङ्क्रमित रामवहादुर थापा (नाम परिवर्तन) ले बताउनुभयो । 

आफ्नो कमाई नहुँदा बीमा गर्न कठिन भएको र स्वास्थ्य परीक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उहाँले अहिले सबै परीक्षण बीमामार्फत गर्दै आएको बताउनुभयो । अस्पतालमा रहेको सेन्टरबाट ९३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ