२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान हुने

२० बैशाख २०७३, सोमबार ११:०६

प्रज्वल पौडेल/ बैशाख २०, रामेछाप ।
रामेछाप जिल्लामा जापानिज इन्सेफ्लाइटिस भाइरस विरुद्ध खोप अभियान हुने भएको छ । वैशाख २६ र
जेठ ३ गते गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार पत्रकार सम्भेलन
गरि जानकारी दिएको छ ।
|
रामेछापका ५ सय ५ खोपकेन्द्र मार्फत् १५ वर्ष मुनिका बालबालिकालाई भाइरस
विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाहले जानकारी
दिनुभयो । शाहाका अनुसार पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म मन्थली, भलुवाजोर, खिम्ती,
फर्पूसहित २७ गाविसमा र दोस्रो चरणमा जेठ ३ गतेदेखि भटौली, सुनारपानी, सुकाजोर, तिल्पुङसहितका २८
गाविसमा खोप दिइनेछ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस लागेका बालबालिकामा मूच्र्छा पर्ने,
काम्ने, अरुचि, ज्वरो लगायतका लक्षण देखापर्ने र समयमै उपचार हुननसक्दा मृत्युसम्म हुनेभएकाले जेइ खोप
अनिवार्य लगाउन साहले आग्रह गर्नुभयो । १ वर्ष माथिका उमेर समूहका लागि यो खोप अभियान नै अन्तिम भएको
जनस्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली