Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का महसुस

By साझासवाल 2 मिनेट पढाइ

<p>माघ २५, बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज&nbsp; बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३&nbsp; रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।&nbsp;&nbsp;</p><p>भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।&nbsp;&nbsp;</p>