दलसिंह गिरी | असा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | असा"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विचौलियाका कारण कृषकले प्रयाप्त मुल्य पाउन नसकेको खड्का भनाई

२०७३, १९ असार आईतवार १४:३८

दलसिंह गिरी | असार १९, कालिकोट | कृषि जन्य उपभोग्य बस्तु विक्रि वितरण गर्ने विचौलियाहरुको मनपरी मुल्य निर्धारण गरी विक्रि वितरण गर्ने गरेका कारण उत्पादन गर्ने कृषकहरुले प्रयाप्त मात्रामा मुल्य पाउन नसकेको र उपभोग गर्ने उपभोक्ताहरु महगोमा उत्पादित बस्तु उपभोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले बताउनु भएको छ । उच्च मुल्य कृषि बस्तु विकास आयोजना सुर्खेतको आयोजनामा जिल्ला सरदमुकाम मान्ममा आयोजित आयोजनाको नतिजा, सिकाई तथा अनुभव आदान प्रदान अन्तरक्रिया गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी खड्काले यस्तो बताउनु भएको हो ।

अन्तरक्रिया गोष्ठीको प्रमुख अथिति समेत रहनु भएका खड्काले विचौलियाहरुका कारण कृषिक्षेत्रमा ब्यवशायिक रुपमा लागेका कृषकहरुले उत्पादन गरेका उपभोग्य बस्तुहरु विक्रिवितरणका लागि प्रयाप्त बजार पहुँच र आफ्नो परिश्रम र लगानी अनुसार मुल्य पाउन नसकेको साथै उपभोग गर्ने उपभोग्ताहरुले गुणस्तरीय उत्पादन उपभोग गर्न नसकेको बताउदै उत्पादक र उपभोक्ता विचको प्रत्यक्ष सम्बन्ध बिचौलियाहरुका कारण फरक भएको बताउनु भएको छ ।

उच्च मूल्य कृषि वस्तुको वजारमूखी उत्पादनमा बृद्घि, रोजगारी, गरिवी न्यूनिकरण र समावेशी आर्थिक सम्बृद्घि भन्ने मुल नाराका साथ जिल्लामा संचालित आयोजनाले हाल सम्म गरेका काम र यसको प्रभावबारे प्रकाश पार्दै उच्च मुल्य कृषि उत्पादन विज्ञ गोपाल प्रसाद श्रेष्ठले जिल्लामा सडक संजाल जोडिएका १३ वटा गाविसहरुमा कार्यक्रम संचालन भएको र हाल कार्यक्रम मार्फत स्याउ उत्पाद, खसिबोका पालन, बेमौसमी तरकारी खेती जस्ता विभिन्न परियोजना संचालन भैरहेको बताउनु भएको छ । विभिन्न परियोजना संचालनको लागि दातृ निकाय संग ६ करोड ५५ लाख, १२ हजार बराबरको बजेट सम्झौता भएको र हाल सम्म ३ करोड ५७ लाख १० हजार बराबरको बजेट निकासा भैसकेको श्रेष्ठले बताउनु भएको छ ।

आयोजना कार्यक्षेत्रमा बसोबास गर्ने समुुदायको जोखिम एवं गरिवी घटाउन योगदान पुर्याउने धेय तथा ग्रामिण भेगका गरिव विशेष गरी महिला र सीमान्तकृत जनताहरुलाई उच्च मूल्य कृषि वस्तु, गैह्रकाष्ठ वन पैदावार र जडिवुटीका मूल्य श्रृंखलामा आवद्ध गराउदैं वजारीकरण क्षमतामा सुधार ल्याई आयआर्जन, रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले जिल्लामा संचालित आयोजनाले कालिकोटमा सोचे भन्दा राम्रो प्रभाव पारेको उच्च मुल्य कृषि बस्तु विकास आयोजनाका बरिष्ठ कृषि अधिकृत हरिप्रसाद गुरुङ्गले बताउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका बरिष्ठ कृषि विकास अधिकृत सुनिल कुमार सिंहको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न राजनैतिक दल सरकारी कार्यालयका प्रतिनिधिहरुले कार्यक्रमको प्रभावकारीताबारे प्रशंसा गर्दै यसलाई जिल्लाका अन्य गाविस तथा क्षेत्रहरुमा कार्यक्रम लागु गरी लैजानु पर्ने सुझाव दिएका छन् । जिल्लामा संचालित उच्च मुल्य कृषि बस्तु विकास आयोजना स्थानीय साझेदार संस्था आरडिएनको सहजिकरणमा संचालन भैरहेको छ भने यो कार्यक्रम बदालकोट, मान्म, दाहाँ, भर्ता सुकाटिया कालिका ९मुग्राहा०, गेला, पाखा, जुविथा फोइमहादेव, राचुली ओदानकु चिलखायामा संचालन भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ