२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

हजुरबा पर्ने व्यक्तिबाट बलात्कारमा परेकी युवतीलाई गाउँ फर्किन समस्या

१ फाल्गुन २०७६, बिहीबार १०:४०

रवीन्द्र काफ्ले | फागुन १, फिदिम । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । 

स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई एक महिनादेखि महिला सेवा केन्द्रमा राखिएको छ । युवतीले सम्बन्धले हजुरबा पर्ने याङवरक–३ का अमृत योङ्याले आफूलाई १४ वर्षको उमेरदेखि यौन हिंसा गर्दै आएको बताएकी छिन् । आफ्नो परिवार आर्थिकरूपले अति कमजोर रहेका कारण योङ्याको परिवारमा आश्रित भई जीविकोपार्जन गर्नुपर्दा दुव्र्यवहार सार्वजनिक गर्न नसकेको पीडितको भनाइ छ ।

पीडक भनिएका योङ्याको परिवारका कारण युवती गाउँ फर्कन नसक्ने अवस्था भएको हो । आफूलाई योङ्या तथा उनको परिवारले गाउँ नजान दबाब दिने गरेको युवतीको भनाइ छ । ‘कसरी गाउँ गएर बस्दीरहिछे हामी पनि हेर्छौँ, भनेर भन्दै हिँड्छन्, त्यस्तो कुरा सुनाउन म भएको ठाउँमा मान्छे पठाउँछन्’, पीडितले भनिन्, ‘हामी त गोठाला खेताला गरेर खाने मान्छे, अब के गर्ने ? कहाँ जाने ?’ पीडित युवतीले योङ्या परिवारले आफ्ना आमा, बाबु र बहिनीमाथि समेत दुव्र्यवहार गरेको जानकारी दिइन् ।

नातिनी पर्ने युवतीमाथि वर्षौँदेखि यौन शोषण गरेको विषय सार्वजनिक भएपछि नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्यसमेत रहेका योङ्या भने फरार भएका छन् । पीडकविरुद्ध वर्षौँदेखि यौन शोषण हुँदै आएको र पछिल्लोपटक समेत योङ्याले बलात्कारको प्रयास गरेको भन्दै लिखित जाहेरी परेको थियो । पीडित युवतीको जाहेरीपछि योङ्याको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताइन् ।

पीडित युवतीले आर्थिक, सामाजिकरूपले गाउँमा पहुँचवाला योङ्याको परिवारले गल्ती ढाकछोप गर्न आफ्नो बदनाम गरेको गुनासोसमेत गर्नुभएको छ । ‘आफ्नै इज्जतमाथि प्रश्न उठ्ने कुरा कसले बोल्छ ? मलाई फल्नोले यसो–यसो ग¥यो भनेर कुन नारीले भन्न सक्छे ?’, पीडित युवतीको गुनासो छ, ‘तर वर्षौँसम्म पीडा र अत्याचार सहने मलाई नै गाउँ समाजमा नराम्रो पार्न बाजेको (पीडक भनिएका योङ्या) परिवार लागिपरे ।’

पछिल्लोपटक गत पुस ९ गते योङ्याले युवती एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरेका थिए । त्यसपछि उक्त विषय गाउँमा सार्वजनिक भयो । तर गाउँमा पीडित युवतीको चरित्र र नैतिकतामाथि योङ्यासहित परिवारले प्रश्न उठाउँदै युवतीलाई गलत सावित गर्न खोजेको बताइएको छ । यही विषयलाई लिएर पुस १४ गते गाउँमा छलफल पनि भएको थियो ।

 छलफलको विषय ‘अनैतिक व्यवहार गरेको भनि आरोप लगाएको’ भन्नेमा अड्कियो । वडाध्यक्ष मविन्द्र योङ्यासमेत सहभागी छलफलले आइन्दा त्यस प्रकारको व्यवहार भए कानूनबमोजिम कारवाही गर्नुपर्ने भनेर कागज ग¥यो । ‘मैले पनि न्याय पाउँछु होला भन्ने हिम्मत गरेर जिल्लासम्म आएँ’, पीडितले भनिन्, ‘मलाई पैसामा मिल्न दबाव आउने गरेको छ, खै ठूला नेताहरु रे, उहाँहरुले पनि मिल्नुपर्छ भने, मलाई बच्चैदेखि जबर्जस्ती गर्नेलाई कसरी छाड्नु ?’

किशोरावस्थामै बलात्कार र यौन हिंसाको शिकार भएकी उनले १६ वर्षको उमेरमा उक्त अवस्थाबाट मुक्ति पाउन छिमेकी गाउँका युवासँग विवाह गरेका थिए । तर विवाह भएको केही समयपछि विदेशिएका श्रीमान् न त फर्केर नै आए, न सम्पर्कमै रहिन् । त्यसपछि उनी माइतीमै गएर बसिन् । कमजोर आर्थिक अवस्थाका कारण आफ्ना माइतीले आफूमाथि दुव्र्यवहार भएको थाहा पाए पनि प्रतिवाद गर्न नसकेको पीडितको दुखेसो छ । ‘आमाले बाजे त छोरी, नातिनी कोही नचिन्ने पशु छन्, जोगिएर हिँड्नु भन्थिन्’, पीडितले भनिन्, ‘हामी उसकोमा खेताला गोठाला नगए पनि कुटाइ खानुपर्ने, गयो भने उसले जे भन्यो त्यही मान्नुपर्ने ।’ 

पीडित युवतीले आफूमाथि वर्षौँदेखि भएको बलात्कार र यौन दुव्र्यवहार सार्वजनिक गर्ने बताएपछि योङ्याले आफूमाथि नै गाली बेइजतीको मुद्दा लगाउने र जेलमा हाल्ने पटक–पटक धम्की दिएको पीडितको गुनासो छ । पीडितको पूरा परिवार नै योङ्यालगायतकामा आश्रित हुनुपरेकाले पीडित युवती गाउँबाट विस्थापित हुनसक्ने र सुरक्षा चुनौतीसमेत हुनसक्ने भन्दै केही स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीयवासीले यस विषयमा प्रशासन चिन्तित नबनेको, फरार रहेका योङ्या सीमावर्ती क्षेत्रमा हिँडडुल गरे पनि पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै आक्रोशित बनेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे