Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अख्तियारद्वारा घुस लिएको अभियोगमा मुद्दा दायर

२०७६, ५ फाल्गुन सोमबार १४:४४

फागुन ५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा रु सात लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ । 

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित