२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा स्वास्थ्यकर्मीको आन्दोलनले खोप कार्यक्रम प्रभावित

९ फाल्गुन २०७६, शुक्रबार ०९:४६

फागुन ९, सर्लाही | हरिपुर नगरपालिकाअन्तर्गत रहेका पाँच स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मी आक्रोशित बनेका छन्  | नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थामा सरुवा भई आएका तथा समायोजनमा परेका २० स्वास्थ्यकर्मीलाई नगरपालिकाले पत्र काटेर फिर्ता बोलाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् |

नगरपालिकाले आवश्यक तलबभत्ता दिनसक्ने अवस्था नरहेको भन्दै आफूहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता गरेको हरिपुर प्राथमिक स्वास्थ्य केन्द्रका सुनिलकुमार ठाकुरले बताए । त्यसैगरी लक्ष्मीपुर, फरहदर्वा, पिडारी, जानकीनगर गरी पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई नगरपालिकाले आफ्नो खुशीले मन्त्रालयमा फिर्ता गरेको हो । समायोजन भएर आएका स्वाथ्यकर्मीलाई हाजिर गराइसकेको भए पनि पछि कर्माचारी बढी भएका भन्दै स्वास्थ्यकर्मीले आक्रोश व्यक्त गरेका हुन् । साथै नियमसंगत समायोजनसमेत नभएको उनीहरुको भनाइ छ ।

पहिलादेखि नै नगरपालिकामै काम गरिरहेका र समायोजनसमेत नगरपालिकामा नै भएका स्वस्थ्य कर्मचारीलाई समेत फिर्ता पठाएको उनीहरुको आरोप छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आर्थिक प्रशासन शाखालगायतलाई बोधार्थ भनी लेखिएको पत्रमा नगरपालिकाका नगरप्रमुख जमरुद्दिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

नियमसंगत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले फिर्ता पत्रमा हस्ताक्षर गरेको पत्र भए आफूहरुले स्वीकार गर्न सक्ने स्वास्थ्यकर्मीको माग छ । आफूहरु बाहिरबाट सरुवा भएर तथा समायोजन भएर आएको तर तीन/चार महिनासम्म तलबभत्ता खुवाएर पछि फिर्ता गरिनुको कारणसमेत आफूहरुले माग गरेको हेल्थअसिष्टेन्ट निभा यादवले बताइन् ।

आफूहरुलाई गोप्य तरिकाबाट चिठ्ठी बुझेको हस्ताक्षर गराएर पत्र बुझाएको उनीहरुको भनाइ छ । फिर्ता पठाउने कुन नियमअन्तर्गत भएको हो भनी सोध्दा नेपालमा नियमसंगत कुनै पनि काम नहुने नगरप्रमुख मन्सुरले जवाफ दिएको उनीहरुको भनाइ छ । विष्णु गाउँपालिकामा समायोजन भएर जानुपर्ने दुई जनालाई चिठ्ठीसमेत तयार पारेर पनि नगरपालिकाले रोकेर राखेको प्रति उनीहरुले जिज्ञासा राखेका छन् ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख विकाउ महतोले यो विषयमा आफूले कुनै कुरा बोल्न नमिल्ने बताए । आफू स्वास्थ्यचौकी प्रमुख भए पनि बिहीबारदेखि हाजिर नगर्न फिर्ता पत्र आएकाले आफूले बुझाउनुपर्ने बरबुझारत कहाँ गर्ने भन्ने अन्योलता रहेको राम कैलाश महतोले बताए ।

सरुवा–बढुवा तथा नियुक्ति गर्ने अधिकार आफ्नो भए पनि फिर्ता गर्ने अधिकार आफ्नो नभएका कारण आफूले फिर्ता पत्रमा हस्ताक्षर नगरेको र नगरप्रमुखले हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले बताए । संघीय सरकारसँग समेत चार/पाँच महिनामा कर्मचारी फिर्ता गर्ने कुनै नियम कानून नरहेको उनले बताए । स्वास्थ्यकर्मीको आन्दोलनका कारण नेपाल सरकारको नियमित खोप कार्यक्रमसमेत प्रभावित भएको छ |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य