Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 21, 2020 दैलेख - DLK, समाज

दैलेखमा चट्याङ: दुई जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ९, दैलेख | दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते हुनुभएको हो ।<br></p><p>चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डएसपी) हरिबहादुर वलीले बताउनुभयो ।&nbsp;</p><p>यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।</p>