नन्दराम जैशी | साउन १,  जुम्ला | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १,  जुम्ला |
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन

१ श्रावण २०७३, शनिबार ०४:२१

नन्दराम जैशी | साउन १,  जुम्ला | जुम्लामा संचालित मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएको पाइएको छ । जिल्ला पशुसेवा कार्यालय जुम्लाको अगुवाइमा जिल्ला स्थीत सरोकारवाला निकायद्धारा शुक्रबार गरीएको बजार अनुगमनबाट यस्तो पाइएको हो । जिल्लामा संचालित विभिन्न प्रकारका झण्डै ४६ वटा मासु पसलमध्य शुक्रबार करीब २० वटा मासु पसलहरुमा गरीएको अनुगमनको क्रममा मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएको पाइएको थियो ।

मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएपछि हाल उपभोक्ताहरुले सफा र स्वच्छ मासु उपयोग गर्न नपाएको भेटिएको छ । जुम्लामा संचालित विभिन्न प्रकारका मासु पसलमध्य करीब ९० प्रतिशत पसलहरुले सामान्य मापदण्ड पुरा नगेको अनुगमन टोलिले जनाएको छ । पशु विकास अधिकृत गोविन्द बहादुर महतको नेतृत्वमा गएको अनुगमन टोलिले जुम्ला सदरमुकाममा अवस्थीत मासु पसल, बधशाला र बधस्थल फर्मको निरीक्षण तथा अनुगमन गरेको हो ।
 
अनुगमनमा राँगाको मासु पसलहरुले खुल्ला मासु काट्ने तथा खुल्ला झिँगा झन्केको मासु विक्रि गर्ने गरेको भेटिएको छ । त्यस्तै अन्य मासु पसलहरुमा सरसफाइको कमि तथा मासु काट्दा र बेच्दा अपनाउनु पर्ने सामान्य मापदण्ड पुरा नगरेको पाइएको थियो । कतिपय संचालित मासु पसलहरुले स्थानिय निकायमा ब्यवसाय दर्ता तथा नविकरण नम्बर नलिएकोे भेटिएपछि जतिसक्दो चाँडो ब्यवसाय दर्ता तथा नविकरण गरी आवाश्यक मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।  
 
सबै मासु पसलहरुमा स्थायि लेखा नम्बर, मुल्य सुचि, खरिद तथा विक्रिको बिल दुरुस्त, पशु पंक्षिको स्रोत खुल्ने कागजात र प्रमाणपत्र नराखेको अनुगमनमा भेटिएको टोलिले जानकारी दिएको छ । त्यस्तै कतिपय मासु पसलमै बध गर्ने, बध अघिपघि जाँच नगर्नें, सफा र स्वच्छ पानिको कमि र मासु काट्ने औजार तथा भाँडा बर्तनमा फोहोर पाइएको छ । साथै अनुगमन टोलिले सबै मासु पसलहरुलाइ कानुनि तथा ब्यवहारीक सबै मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।
 
बाराम्बारको अनुगमन तथा निरीक्षण पछि भनेको निर्देशन पालना नगर्ने जो कोहि ब्यवसायिलाइ प्रक्रिया अनुसार कारवाहिका लागि सम्बन्धीत निकायमा सिफारीस गर्ने पशु विकास अधिकृत गोविन्द बहादुर महतले बताउनुभयो ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह