नन्दराम जैशी | साउन १,  जुम्ला | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १,  जुम्ला |
2026-08-29 06:09 AM
जुम्ला - JML

मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन

नन्दराम जैशी | साउन १,  जुम्ला | जुम्लामा संचालित मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएको पाइएको छ । जिल्ला पशुसेवा कार्यालय जुम्लाको अगुवाइमा जिल्ला स्थीत सरोकारवाला निकायद्धारा शुक्रबार गरीएको बजार अनुगमनबाट यस्तो पाइएको हो । जिल्लामा संचालित विभिन्न प्रकारका झण्डै ४६ वटा मासु पसलमध्य शुक्रबार करीब २० वटा मासु पसलहरुमा गरीएको अनुगमनको क्रममा मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएको पाइएको थियो ।

मासु पसलहरु अब्यवस्थीत रुपमा संचालन भएपछि हाल उपभोक्ताहरुले सफा र स्वच्छ मासु उपयोग गर्न नपाएको भेटिएको छ । जुम्लामा संचालित विभिन्न प्रकारका मासु पसलमध्य करीब ९० प्रतिशत पसलहरुले सामान्य मापदण्ड पुरा नगेको अनुगमन टोलिले जनाएको छ । पशु विकास अधिकृत गोविन्द बहादुर महतको नेतृत्वमा गएको अनुगमन टोलिले जुम्ला सदरमुकाममा अवस्थीत मासु पसल, बधशाला र बधस्थल फर्मको निरीक्षण तथा अनुगमन गरेको हो ।
 
अनुगमनमा राँगाको मासु पसलहरुले खुल्ला मासु काट्ने तथा खुल्ला झिँगा झन्केको मासु विक्रि गर्ने गरेको भेटिएको छ । त्यस्तै अन्य मासु पसलहरुमा सरसफाइको कमि तथा मासु काट्दा र बेच्दा अपनाउनु पर्ने सामान्य मापदण्ड पुरा नगरेको पाइएको थियो । कतिपय संचालित मासु पसलहरुले स्थानिय निकायमा ब्यवसाय दर्ता तथा नविकरण नम्बर नलिएकोे भेटिएपछि जतिसक्दो चाँडो ब्यवसाय दर्ता तथा नविकरण गरी आवाश्यक मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।  
 
सबै मासु पसलहरुमा स्थायि लेखा नम्बर, मुल्य सुचि, खरिद तथा विक्रिको बिल दुरुस्त, पशु पंक्षिको स्रोत खुल्ने कागजात र प्रमाणपत्र नराखेको अनुगमनमा भेटिएको टोलिले जानकारी दिएको छ । त्यस्तै कतिपय मासु पसलमै बध गर्ने, बध अघिपघि जाँच नगर्नें, सफा र स्वच्छ पानिको कमि र मासु काट्ने औजार तथा भाँडा बर्तनमा फोहोर पाइएको छ । साथै अनुगमन टोलिले सबै मासु पसलहरुलाइ कानुनि तथा ब्यवहारीक सबै मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।
 
बाराम्बारको अनुगमन तथा निरीक्षण पछि भनेको निर्देशन पालना नगर्ने जो कोहि ब्यवसायिलाइ प्रक्रिया अनुसार कारवाहिका लागि सम्बन्धीत निकायमा सिफारीस गर्ने पशु विकास अधिकृत गोविन्द बहादुर महतले बताउनुभयो ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो