आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा साउने संक्रान्ति धुमधामका साथ मनाइदै

१ श्रावण २०७३, शनिबार ०४:२५


नन्दराम जैशी | साउन १, जुम्ला | आज साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लामा आजको दिन लुतो फाल्ने राँका हाल्ने लगायतका कार्यहरु गर्दै साउने संक्रान्ति धुमधामका साथ मनाइन्छ ।

सौर्यमान अनुसार साउने संक्रान्ति अर्थात आजका दिनदेखि सूर्य मिथुन रासिबाट कर्कट रासिमा प्रवेश गर्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । जुम्लामा आज लुतो फाल्नुका साथै महिना सुनाउने पनि गरिन्छ । वर्षाको काम सकेर हिलो मैलो पखालि भोज खाने चलन पनि छ । असारे हिलोबाट आउन सक्ने रोगबाट बच्न सफा सुग्घर भएर लुतो फाल्ने गरिएको ज्योतिष पण्डित विष्णु प्रसाद उपाध्यायले बताउनुभयो । खेतबारीबाट लुते झारलाई ल्याइ घरको आँगनमा गाइको गोबरले लिपेर दिप राँका अर्थात अग्नीको ज्वालालाई शिरमा घुमाएर कण्डारक राक्षसका नाममा फालिने उहाँको भनाइ छ । लुते झारले शरिर पुछेर फाल्दा रोगहरु निको हुने र शरिरमा स्फुर्ति आउने परम्परागत मान्यता छ । जुम्लामा आज साँझ सबैका घरमा राँका हाल्ने पनि चलन छ । राँका हाल्दा दाउरालाई चिरेर सानो सानो बनाएर घरको छतमा आगो बाल्ने र पारिपट्टिको गाउँतर्फ फर्किएर लुतो लैजाउ भन्दै रमाइलो गरी गाली गर्ने गरिन्छ । साउनमा विशेषगरि सोमबारको दिनलाई महत्वपूर्ण मानिन्छ । विवाहित महिलाले साउनको संक्रान्तिदेखि महिनाभर सौभाग्यको प्रतिक बस्त्र पहिरने र साउन महिनाभर सोमबारको दिन ब्रत बसि शिवजीको पुजा गर्ने गरीएको ज्योतिष पण्डित विष्णु प्रसाद उपाध्यायले बताउनुभयो ।

साउनमा भगवान शिव पार्वतीसँग लुकेर बसेको र पछि पार्वतीले ज्योतिर्लिङ्ग स्थापना गरि त्यसको पुजा गर्न थालेपछि शिव प्रकट हुनु भएको मान्यताका आधारमा हिन्दु महिलाले आफ्ना पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै शिवको पुजा आराधना गर्ने गर्छन् । अविवाहित महिला पनि शिव जस्तै सुयोग्य वर प्राप्तिको कामना सहित सोमबारको ब्रत बस्छन् । यो अवधिमा महिलाले रातो, पँहेलो, हरियो बस्त्र, हातमा मेहन्दी र हरियो चुरा लगाउँछन् । आजैदेखि सूर्य दक्षिणायन हुने भएकोले देवताका रात र पितृका दिन हुन्छन् भन्ने मान्यता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने