2026-07-25 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षकले गरे बलात्कार

फागुन २३, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना  शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ |

शिक्षकहरू वसन्त ओली र  शिवराज जोशीले ती  किशोरीलाई  ललाइफकाई  पटकपटक  यौनशोषण  गरेपछि किशोरीको पेटमा अहिले सात महिनाको गर्भ रहेको जानकारी भएपछि कानुनी उपचारका लागि आफन्तले  प्रहरी, मानव अधिकार कर्मीलाई गुहार्न अहिले सदरमुकाम आएका छन् |

मानसिक रोगि बहिनीको कानुनी उपचारका लागि सदरमुकाम आएका पीडित किशोरीका दाइ उपेन्द्र रेग्मीले‚थानीय गाउँकै नाता लाग्ने शिक्षकहरूबाट यस्तो घृणित कार्य भएको जानकारी पाएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिएका छन् |

राम्ररी बोल्न नसक्ने ती  किशोरीले गाउँका शिक्षक शिवराज जोशी र वसन्त ओलीले आफूलाई गएको जेठ महिनादेखि पटकपटक यौनशोषण गर्दै आएको बताएकी छिन् | शिक्षक जोशी पीडित किशोरीका हाडनाता पर्ने दाइ हुन, भने शिक्षक ओली छिमेकी गाउँका दाइ पर्ने मान्छे हुन | अभियुक्त दुवै शिक्षक फरार छन | 

प्रहरी  नायब उपरीक्षक गणेश बमले जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको बताएका छन् | उनका अनुसार अभियुक्तको  खोजी  कार्य भइरहेको छ | पीडित किशोरीलाई सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवासगृहमा राखिएको छ | उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक