२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

नेकपा लमजुङले तीनमहिने अभियान सञ्चालन गर्ने

२०७६, २४ फाल्गुन शनिबार १४:०९

फागुन २४, लमजुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी  एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । आज बँेसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा  अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता , नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । 

बैठकमा प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले  समसामयिक विषयमा धारणा राख्नुभएको थियो । बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पुर्याउन, पार्टीको विधान, नीति तथा अभिायनका बारेमा जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ । नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्यविभाजन र जिम्मेवारी बाडफाँडलगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा  रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन,  सङ्गठन र आर्थिक विभागसमेत निर्माण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना