सरु शर्मा | साउन १,परासी | नवलपरासीको सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक"/>
सरु शर्मा | साउन १,परासी | नवलपरासीको सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक्ष गोकुल गिरीको प्रमुख आतिथ्य तथा वडा नागरीक मन्चका सँयोजक शिव कुमार यादवको अध्यक्षतामा एक कार्यक्रम गरी वडालाई पुर्ण सरसफाई वडा घोषणा गरीएको हो । वडा भित्र रहेका सबै घरधुरीले पुर्ण सरसफाईका लागि आवश्यक पर्ने सबै सचक पुरा गरेपछि पुर्ण सरसफाई वडा घोषणा गरीएको उक्त कार्यक्रममा पाल्हि बहुमुखी क्याम्पस परासीका अध्यक्ष राधेश्याम पाठक , आर्दश उच्च मावि परासीका शिक्षक प्रदिप चौधरी, स्वाश्थ्य प्रबर्दक गँगादेवि रीजाल,वास सहजकर्ता रन्जु यादव लगायतले बोल्दै अव छिट्टै गाविसमा रहेका सबै वडालाई पुर्ण सरसफाई वडा बनाउनका लागि पहल गर्नेबताउनुभएको थियो । कार्यक्रममा पुर्ण सरसफाईका क्षेत्रमा महत्वपुर्ण भुमिका निभाउने केही व्यक्तिहरुलाई सम्मान समेत गरीएको थियो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार