८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताल्चा विमान स्थल लगाएत तिन ठाउँमा हेल्थ डेस्क सञ्चालनमा

२९ फाल्गुन २०७६, बिहीबार ०६:३२

दान बहादुर बुढा | फाल्गुन २९, काठमाडौँ | हिमाली जिल्ला मुगुमा नोवल कोराना भाईरसलाई भित्रिन नदिन रारा ताल्चा विमान स्थलमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । चीन सहित १ सय १ राष्ट्मा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण बाट बच्न हेल्थ डेस्क सञ्चालन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । 

आइतबार बिहानबाट हेल्थ डेस्क सञ्चालनमा आएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका डा. तथा कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए | प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको स्वास्थ्य परिक्षण गरी शुरु भएको हेल्थ  डेस्क सञ्चालनमा आएको हो । हेल्थ डेस्क सञ्चालनमा मुगुका केही नाका छायानाथ रारा नगरपालिका वडा नं १३ बाम र छायानाथ रारा नगरपालिका वडा नं ७ पिनामा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । 

अरु भन्दा जिल्लाका यि तीन नाकामा बढि मात्रामा मानिसहरुको आवतजावत हुने भएकोले स्वास्थ्य परिक्षण गरेर यदि कोही कसैमा यस्तो समस्या देखा परेमा तुरुन्तै जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा रिफर गरिने निरौलाले बताए । जिल्लामा भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गरिने जनाईएको छ । जिल्ला आउने र जिल्ला बाट बाहिरीने यात्रुमा कुनै लक्षण देखिएमा १५ दिन सम्म क्वारेन्टाईनमा राखिने डा. नगरकोटीको भनाई रहेको छ । 

उनले भने जिल्ला अस्पताल मुगुले त्यस्ता लक्षण देखिएका विरामी राख्न छुट्टै क्वारेन्टाईन भवनको व्यवस्था रहेको जानकारी दिएका छन् । सदरमुकाम मात्र नभएर सिमा जोडीएका खत्याड गाउपालिका , सोरु गाउपालिका र मुगुमकार्मारोङ्ग गाउपालिकामा पनि हेल्थ डेस्क सञ्चालनका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा